सिन्कोनाको ५ सुत्रीय माग एचपीडब्ल्युयुले पुरायो कोलकाता

Himalayan Plantation Workers Union president NB Chhetri in a Press meet
मङपु, ७ सेप्टेम्बर, राजेश थापा: धेरै वर्षहरुदेखि सिन्कोना बगानमा अचल रहेको पदोन्नति प्रकिया संगै सिन्कोना बगान अनि कारखानाको दुरावस्था माथि कुनै राजनैतिक दलले पनि डटेर केही नगरेको अनुभाव गर्दै गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको मजदुर युनियन हिमालयन प्लान्टेशन वकर्स युनियनले समाधानको दिशामा काम गर्ने केही घोषणा गरेको महिना नबित्दै गत ४ सेप्टेम्बरको दिन कलकतामा राज्यका फूड प्रोसेसिङ एवम हर्टिकल्चरका मन्त्रीसित भेट गरि सिन्कोना बगान यसको श्रमिकवर्गको हितमा ५ सुत्रीय माग पेश गरेको आज एउटा पत्रकार सम्मेलन डाकेर युनियन सभापति तथा पुर्व विधायक एनबी छेत्रीले जानकारी गराएका छन् | बर्तमान विभिन्न राजनैतिक दलहरुले सिन्कोना मजदुरहरुको ग्रुप डी पदोन्नति हुन्छ भन्दै धेरै समय देखि आशमा राखेको सन्दर्भमा सभापति छेत्रीले यो सबै लाटाको देशमा गाँडा तन्नेरी भने जस्तै हो, पदोन्नतिको ग्रेडेशन लिस्ट बनाएर भर्खर तल अर्थात कलकता पुग्दैछ, काँचै छ, त्यो भात पाक्छ कि पाक्दैन, चामल पाक्ने खाल्को छ कि छैन, पहिले पहिले थाल लिएर अघि आउनेहरुले भात पाउने हो कि कनिका पाउने हो त्यो पछि मात्रै थाहा लाग्छ भन्दै गहिरो व्यंग कसे |
सभापति छेत्रीले मन्त्रीसित राखेको माग पत्रको प्रतिलिपि देखाउंदै ५ सुत्रीय मागलाई अझ स्पष्ट पारे जसमा ग्रुप डी पदोन्नतिलाई पहिलो नम्बरमा राखिएको स्पष्ट देखिएको छ | यसरी नै अन्य मागहरुमा ग्रुप बी र सीको नियुक्ति, पुरानो भएर बन्द रहेको कुइनाइन कारखानालाई धरोहरको दर्जा दिएर नयाँ आधुनिक तकनिकी युक्त कारखान बनाइनु पर्ने, पुस्तौंदेखि सिन्कोना बगानमा कार्यरत मजदुर कर्मचारीहरुलाई फरेस्ट बस्तिहरुलाई झैं जमीनको स्वामित्व अर्थात पक्की कागज पत्र दिइनुपर्ने, सिन्कोना बगानमा उत्पादित औषधि साथै अन्य बस्तुहरुको सठीक बजारीकरणको निम्ति मङपुमा एउटा सेल्स डिपार्टमेन्ट बनाइनु पर्ने जस्ता महत बिषयहरुलाई बिशेष प्राथमिकताको साथ सुम्पिंदै मन्त्रीलाई झट्ट समाधानको माग गरिदिने अपिल गरेका छन् | यी मागहरुमाथि प्रभावकारी कार्य गर्न युनियनले दिपावलीपछि सम्बन्धित विभागका सचिव साथै मुख्यमन्त्री समक्ष पनि कुरा राख्ने बताएका छन् | आजको कार्यक्रममा युनियन सभापति एनएबी छेत्री संगै एचपीडब्ल्युयु सिन्कोना जोन सचिव धना प्रधान, खरसाङ ब्रान्च कमिटि उपसभापति चमनसिंह प्रधान पनि उपस्थित रहेका थिए ||

धेरै वर्षहरुदेखि सिन्कोना बगानमा अचल रहेको पदोन्नति प्रकिया संगै सिन्कोना बगान अनि कारखानाको दुरावस्था माथि कुनै राजनैतिक दलले पनि डटेर केही नगरेको अनुभाव गर्दै गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको मजदुर युनियन हिमालयन प्लान्टेशन वकर्स युनियनले समाधानको दिशामा

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.