घोषणापछि फेरि बन्दमा छुटको कार्यक्रम रद्द ः जन अन्योलता व्याप्त 17 देखि 27 सम्म लङ्गमार्च हुने


दार्जीलिङमा सामुहिक पक्राउ दिदै मोर्चा समर्थकहरु
दार्जीलिङमा सामुहिक पक्राउ दिदै मोर्चा समर्थकहरु
घोषणापछि फेरि बन्दमा छुटको कार्यक्रम रद्द ः जन अन्योलता व्याप्त
17 देखि 27 सम्म लङ्गमार्च हुने


कालेबुङ,13 फरवरी। तीनदिनदेखि नै बन्दमा छुटबारे चलिरहेको अफवाहलाई विराम लगाउँदै मोर्चाले 15 फरवरीको दिन पक्कापक्कीरूपले 24 घण्टाको छुट दिएको घोषणा गरेको थियो तर  घोषणा गरेको केही घण्टापछि फेरि मोर्चाले घोषणा फिर्ता गर्‍यो। बन्दमा छुट हुने कुराले मानिसहरूले राहतको साहस फेरि नसक्दै फेरि छुट नहुने अनि बन्द जारी रहने कुरा मोर्चा शिविरबाट आएपछि मानिसहरू निराश बने। मोर्चा अध्यक्ष विमल गुरूङले कुमानीमा नै पत्रकार सम्मेलन डाक्दै बन्दमा 24 घण्टाको छुट दिइएको घोषणा गरेका थिए, तर पछि फेरि छुट नहुने बताइएको छ। छुट मङ्गलबार बिहान  6 बजीदेखि शुरू हुने बताइएको थियो। मोर्चा अध्यक्ष विमल गुरूङले बन्द अचानक डाकिएकोले जनताले कुनै पनि पूर्वतयारी गर्न नपाएको कारण जनता असुविधामा परेकोले यसरी छुट दिइएको जनाएका थिए। सिब्सुमा शान्तिप्रिय कार्यक्रम गरिरहेका मोर्चा कार्यकर्ताहरूमाथि बङ्गाल प्रशासनद्वारा गोली चलाएर हतोहत बनाएको कारण मोर्चाले सरकारी प्रशासनको क्रुरता र अत्यचारको विरूद्ध अचानक पहाड़, तराई-डुवर्समा अनिश्चितकालीन बन्द डाकिएको थियोे। यता बन्द चलिरहेको थियो भने उता बङ्गाल सरकारले चुनाउलाई ध्यानमा राख्दै प्रशस्तै सुरक्षाबल पहाड़मा हुलेर धड़पकड़ शुरू गरिरहेको थियो। मोर्चा सहसचिव विनय तामङलाई घोषणा गरेर पनि किन फेरि छुट नहुने निर्णय लिइएको हो भन्ने प्रश्न गर्दा तिनले भने, छुटको घोषणा गरिएपछि पनि बङ्गालको पुलिस प्रशासनले कालेबुङ, खरसाङ, दार्जीलिङ र अन्य ठाउँमा विनादोष जनसाधरणलाई पक्राउ गरिरहेको, सुरक्षाबलले मानिसहरूमा संत्रास फैलाइरहेको कुरा आएकोले दिइएको छुटको कार्यक्रमलाई फिर्ता गरिएको हो। यता मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले भने सिलगढ़ीमा जनजागरण मञ्चले काउण्टर बन्द डाकेकोले त्यसैको विरूद्दमा छुट फिर्ता गरिएको जनाए। तिनले बाग्राकोटमा बसेको आमरण अनशन हटाउनको निम्ति घरिघरि सीआरपीले कोशिष गरिरहेकोकारण पनि दिएको बन्दको छुट फिर्ता गरेको पनि जनाए। यता सिलगढ़ीमा जनजागरण मञ्चले मोर्चाको बन्दको छुटको विरुद्ध बन्द डाकेकोले मोर्चाले दिइएको छुटको कार्यक्रमलाई नै रद्द गरेको हल्ला चलेपनि सहसचिव विनय तामङले भने यसबारे आफूलाई जानकारी नभएको जनाए। दिनभरि नै यता सिब्सुको अनशन र बाग्राकोटको अनशन उठाएको हल्ला पनि चलिरह्यो। चलेको हल्ला केवल अफवाह मात्र रहेको पनि विनय तामङले जनाएका छन्‌। यता मोर्चा सहसचिव विनय तामङले मोर्चा अध्यक्ष विमल गुरूङलाई डुवर्स जान दिइनपर्ने सम्बन्धमा प्रसासनलाई अल्टिमेटम दिइएको जनाउँदै भने, शीघ्र नै डुवर्स जान दिइएन भने डुवर्सका जनता आफै लङ्गमार्चमा निस्कनेछन्‌। यो लङ्गमार्च शुनकोशदेखि कुमानीसम्मको निम्ति हुनेछ। 17 फरवरीदेखि 27 फरवरीसम्म चल्नेछ। हजोरौंको संख्यामा मोर्चा कार्यकर्ताहरूले यो कार्यक्रममा अंशग्रहण गर्नेछन्‌।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.