मङपु गोल्ड कप २०१६ को अन्तिम क्वाटर फाइनल आज नाइटचेस नेपाल बनाम सीएफसी भुटान माझ सम्पन्न भयो | शुरुदेखि नै दुवै दलले बराबर दबाउ बनाएर खेलिएको म्याचमा खेल शुरु भएको १३ मिनट नबित्दै नाइटचेसको पक्षबाट ८ नम्बर जर्सीधारी दिलसन लिम्बुको सानदार सटले एक गोल गरेपछि भुटान टीमको खेल प्रणालीलाई लथालिंगा बनाइदिएको थियो | यता एक गोल खाएपनि भुटानले आफ्नो आत्मबिश्वास गुमाएनन् उल्टा झनै डटेर नाइटचेसको सामना गरिनैरहे | रोमान्चक खेलको ४७ मिनट बित्दा फेरि नेपाल टीमका १० नम्बर जर्सीधारी निशान लिम्बुले एक गोल गरेपछि नाइटचेसको जीत प्राय: पक्का बनिसकेको थियो | भने अन्तमा शुन्य गोलको विरुद्ध दुई गोल गरेर नेपाल नाइटचेसले सेमीफाइनलमा आफ्नो स्थान पक्की बनायो | खेलमा नेपाल टीमका जर्सी नम्बर ७ ले खराब खेल प्रदर्शनी गरे वापद पहेंलो कार्ड पनि पाए | आज जित्ने नाइटचेसले २३ अक्टुबरको दिन केएफसी सिलिगुडीसित सेमीफाइनल खेल्नेछन् भने अर्को पोलबाट शेयर एफसी कालेबुंगले २२ अक्टुबरको दिन ५८ जीटीसी शिलोङसित सेमीफाइनल खेल्नेछ ||
Post a Comment
We love to hear from you! What's on your mind?