मंग्पू रबिन्द्र श्रमिक कल्याण भवनमा गो० ज० मु० मो० को कर्मी सभा र जुलुस

मंग्पू , ३० मार्च २०११ : 
      आगामी पश्चिम बंगलको विधानसभामा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनकारी सशक्त पार्टी गोर्खाल्याण्डको पक्षमा गोर्खा जनमुक्ति मोर्चाले खर्सांग महकुमाको पार्टी उम्मेदवार डा० रोहित शर्मालाई चयन गरेपछि मंग्पू रबिन्द्र भवनमा मंग्पू जोन गोर्खा जनमुक्ति मोर्चाको तत्वाधानमा एक सभा आयोजन गरियो | उक्त सभामा प्रथम मंग्पू जोन अधिनस्थ १४ वटा शाखाको विभिन्न भातृ संगठनहरुको पदाधिकारीगण, मंग्पू जोनका सम्पूर्ण पदाधिकारीगण तथा सम्पूर्ण गोर्खाल्याण्ड प्रेमी वृद्ध-वृद्धा , युवा-युवती जन जनार्दनको असंख्य रुपमा उपस्थिति थियो |


सभामा बिशेष रुपले जनमुक्ति प्राथमिक पाठशालाका शिक्षक संगठन मंग्पू जोनका किशोर थापा, जे० एस० टी० ओ० सभापति कमल छेत्री, सिन्कोना कर्मचारी संगठनका सभापति सी० पी० शर्मा, मंग्पू जोन नारी मोर्चा सचीवा सूर्यमणि राई, अस्थायी कर्मचारी संगठनका कर्मठ सदस्य ऋतुराज रावत आदिले सम्बोधन गरे | उक्त सभामा मंग्पू जोन गोर्खा जनमुक्ति मोर्चाका सचिव रतन लामाले स्वागत भाषण राख्दै सभाको औचित्य बारे वक्तब्य राखे भने रेशेप बजार युवा मोर्चाका अनित खातीले सभा संचालन गरे | यस भवनको कर्मी सभाका प्रमुख वक्ता रतन थापा, मंग्पू - लाठपंचर संयोजक तथा केन्द्रीय सांगठनिक सचिवले भने कि आगामी चुनावमा सम्पूर्ण जनता-जनार्दनले पश्चिम बंगाल सरकारको अन्याय र अत्याचार, भूतपूर्व सैनिकहरुले ढुंगा-मुढा खाएको, हाम्रै दिदि-बहिनीहरुले लात-घुस्सा खाएको, शिब्सुमा गोलिको शिकार हुनु परेको शहिद निता खवास, बिमला राई, बिक्की लामाको दर्दनाक कारुणिक सत्य घटनालाई हामीले स्मरण गरि बुलेटको जवाब दिने बेला यहि हो | राज्य सरकार र केन्द्र सरकार लाई  गोर्खाल्याण्डको पक्षमा बहुमत देखाउने उचित समय यहि हो भने | अन्तमा सभाका सभापति जी ० बी ० राई, मंग्पू जोन उप-सभापतिले सभा बर्खास्त गरि उपस्थित सम्पूर्ण गोर्खाल्याण्ड प्रेमी एक भइ बस्ने आव्हान गरे | सभा सके पश्चात उपरोक्त सभा स्थल रबिन्द्र भवनदेखि इमेटिन फ्याक्ट्री, नालीडांडा हुँदै रेशेप बजारसम्म एउटा जुलुस निकालियो | सम्पूर्ण मंग्पू वासीले यसरी जुलुस गर्नुको मूल उद्देश्य एउटै भौगोलिक नाता तथा तन-मन-धन तथा रगतको साइनो मिल्ने सिक्किम अनि सिक्किमका मुख्यमंत्री डा० पवन कुमार चामलिंगको दूरदर्शिता, कुशल नेतृत्व तथा मानवीय सदभावनाको फलस्वरूप सिक्किम बिधान सभामा गोर्खाल्याण्ड छुट्टै राज्यको निम्ति बील पास गरिदिएको खुशीमा कृतज्ञता प्रकट गर्दै डा० पवन कुमार चामलिंग अनि सिक्किमको वर्तमान सरकारको जय-जयकार गर्नुनै रहेको थियो | उक्त जुलुस रेशेप बजार पोस्ट-अफिसमा पुगेपश्चात सम्पूर्ण उपस्थित जनतालाई धन्यवाद ज्ञापन दा० त० डु० प्ला० ले० यु० सिन्कोना डिभिजन सचिव गगन राईले गरे भनि  मंग्पू जोन गोर्खा जनमुक्ति मोर्चाको पक्षमा बुद्ध कुमार थापाले एक विज्ञप्ति मार्फत जनाएका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.