मङपु, ३० अक्टुबर, राजेश थापा: मङपु खेलकुद संघको तत्वाधानमा आजदेखि दुई दिवसीय वार्षिक दिपावली खेलकुद संगम भब्य रुपमा सम्पन्न भएको छ । संघका सभापति तथा सिन्कोना ब्यावस्थापक गोपाल लामिछानेको अध्यक्षतामा सम्पन्न पहिलो दिनको कार्यक्रममा जीटीए बीओए अध्यक्ष अनित थापा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा सिन्कोना निर्देशक डा० सामुयल राई, जीटीए पीआरओ आरबी लामा, व्यावस्थापक विदुर कार्की, लगायत विभिन्न विधालयका प्रधान अध्यापकवर्ग, युवा मोर्चा खरसाङ महकुमा विज्ञेन मिश्र आदिको उपस्थिति थियो । जीटीए बीओए अध्यक्ष अनित थापाबाट मसाल जलन गरि शुरु भएको खेलकुद कार्यक्रममा विभिन्न केलकुद संगै सरास्वती विधालय, सन्त मंगल एकाडेमी, सन्त जोसेफ स्कूल, ज्ञानपीठ विधालय आदिले परेड प्रदर्शनी पनि गरेका थिए भने यस कार्यक्रममा संघका सचिव राम पोख्रेलले सम्पूर्णलाई स्वागत जनाएका थिए ।
मङपु दिपावली स्पोर्टसको पहिलो दिन सम्पन्न
31Oct2019
Post a Comment