World Tuberculosis Day: BMOH, Takdah visited Mungpoo Hospital

२४ मार्च २०११ : विश्व क्षयरोग दिवसको अवसरमा बी  एम० ओ० एच०, स्वास्थ्य बिभाग, तक्दाह खण्ड, रिन्छेन शेर्पा ले भ्रमण टोलिको साथमा मंग्पूको अस्पताल परिदर्शन  गरिन | भ्रमण टोलिमा गोबिन प्रधान (हेल्थ सुपरभाइजर,  तक्दाह खण्ड ), जया थापा (पी० एच० एन०, तक्दाह खण्ड, बी० पी० एच० सी०) तथा अन्य  स्वास्थ्य बिभागका  कर्मीहरुपनि  सामेल थिए |  



परिदर्शन पछि बी  एम० ओ० एच०, स्वास्थ्य बिभाग, तक्दाह खण्ड, रिन्छेन शेर्पाले उपस्थित सबैलाई सम्बोधन गर्दै मंग्पूको अस्पतालमा पनि अब क्षय रोगको बिरामीहरुको सम्पूर्ण रुपले उपचार हुन सक्ने  साथै   अब खकार जाँचपनि  यहीँ हुनसक्ने जानकारी दिईन |




सम्बोधनको क्रममा मंग्पू सिन्कोना बगानका व्यवस्थापक सी० बी० थापाले मंग्पू अस्पतालमा पनि अब क्षय रोगको बिरामीहरुको सम्पूर्ण रुपले उपचार हुन सक्ने कुरा माथि हर्ष जाहेर गर्दै सिन्कोना बगानको पक्षबाट पनि यस  कार्यको  निम्ति  हुन सक्ने सबै प्रकारले सहयोग दिने बचन दिए |



कार्यक्रममा गो० ज० मु० मो० मंग्पू जोनको तर्फबाट रेशेप युनीयनका सचिव मीरेन बम्ज़न, तथा अन्यान्य गण्यमान्य व्यक्तिहरुपनि बिशेष रूपमा उपस्थित थिए | सम्बोधन कार्यक्रम समाप्ति पछि उपस्थित सबैनै पैदल हिंडेर नालीडाँडामा आई क्षयरोग बारे मानिसहरुलाई सचेत गराउदै पर्चा हरु बाँटे |



Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.