मोर्चाद्वारा अप्रेलमा चामलिङलाई भव्य सम्वर्धना जनाइने पवन चामलिङको संरक्षण गर्ने हाम्रो दायित्व हो-विमल गुरूङ

कालेबुङ,13 अप्रेल,मनोज वोगटी: सिक्किमका मुख्यमन्त्री पवन चामलिङले गोर्खाल्याण्डको आन्दोलनमा इतिहास कायम गरेका छन्‌। चामलिङले यस्तो काम गरेका छन्‌ जो 104 वर्षे यो आन्दोलनको इतिहासमा अघि कहिल्यै कसैले गरेका थिएनन्‌। तिनले आफ्नो विधानसभामा गोर्खाल्याण्डको प्रस्ताव ल्याएर हामीलाई ठूलो गुण लगाएका छन्‌। अब त्यसको कदर हामीले गर्नुपर्छ-कालेबुङको मेलाग्राउण्डमा सम्पन्न चुनावी जनसभा अवधी गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले आज यसो भने। गुरूङले कालेबुङमा पहिलो चुनावी जनसभालाई सम्बोधन गरिरहेका थिए अनि तिनी मोर्चाका उपलब्धीहरूबारे जनतालाई अवगत गराइरहेका थिए। तिनले  सिक्किमका मुख्यमन्त्री चामलिङले लगाएको गुण अहिलेसम्मका सबै उपलब्धीहरू मध्ये मोर्चाको निम्ति सर्वोत्तम रहेको बताउँदै चामलिङलाई बारम्बार आभार प्रकट गरिरहेका थिए। तिनले भने, टिस्टारङ्गीत त्रिवेणीमा मिल्न सक्छ भने हामी किन मिल्न सक्दैनौं। यस अघिका नेताहरूले चामलिङलाई बरबोटे रकगार्डनमा आउँदा खेदाएका थिए। घिसिङ सोंच्थे कि तिनी नै गोर्खाहरूका सबैभन्दा ठूला नेता हुन्‌। तिनले पवन चामलिङलाई चिन्न सकेनन्‌। तर मुख्यमन्त्री मुख्यमन्त्री नै हुन्‌, उनको दॉंजो गर्न सकिँदैन। इज्जत गर्न सक्नुपर्छ। चामलिङले विधानसभामा गोर्खाल्याण्डको प्रस्ताव ल्याएर यति ठूलो कार्य गरे कि यस्तो कसैले गर्न सकेका थिएनन्‌। अब सिक्किमलाई देखाएर नर्थइष्टका सातवटा राज्यका मुख्यमन्त्रीहरूलाई पनि सिक्किममा जस्तै गोर्खाल्याण्डको निम्ति प्रस्ताव ल्याइदिने अनुरोध गर्नेछौं। तिनले अझ भने, चुनाउ सकिएपछि 18 अप्रेलदेखि उता कुनै एक दिन कालेबुङको यही मेलाग्राउण्डमा तिनको गुणको कदर गर्न यस्तो सम्बर्धना गरिनेछ, जस्तो अघि कहिल्यै भएन। तिनलाई अहिलेसम्म कसैले दिन नसकेको सम्मान दिनेछौं। यसको निम्ति सबै अहिलेदेखि नै तयारीमा बस्नुपर्छ। तिनले चामलिङले गोर्खाल्याण्डको प्रस्ताव ल्याउँदा बङ्गाल र केन्द्रबाट धेरै चाप सहनुपरेको कुरा उल्लेख गर्दै गोजमुमोको निम्ति सबै सहिदिएकाले चामलिङलाई बँचाएर राख्नुपर्ने बताए। तिनले भने, चामलिङको गुण जन्मजन्म तिर्न नसकौंला, तर तिनी समग्र गोर्खाहरूका असल उदाहरण हुन्‌। उनी जस्ता व्यक्तिलाई बँचाएर राख्नुपर्छ। तिनको संरक्षणको दायित्व हाम्रो पनि हो। गोर्खाल्याण्डको निम्ति तिनले यस्ता ऐतिहासिक डोकुमेन्ट बनाइदिएका छन्‌, त्यसलाई लिएर हामी आन्दोलनमा सजिलै अघि बढ्‌नसक्छौं। चामलिङले सिक्किममा रहेका दार्जीलिङका मतदाताहरूलाई मत खसाल्न सुविधा उपलब्ध गर्दै दुइदिनको छुट्टि दिएकोमा पनि आभार प्रकट गरे।  चामलिङलाई हामीले अझ धेरै सहयोग मागेका छौं। तिनले सिब्सुकाण्डको भर्त्सना गर्दै यसकाण्डमा सीबीआई जॉंच हुनुपर्ने सम्बन्धमा पनि बोलिदिने अपील गरेका छौं। तिनी अवश्य नै बोल्ने छन्‌। तिनले लेख्नुपर्ने ठाउँमा लेखिदिनुपर्छ, बोल्नुपर्ने ठाउँमा बोलिदिनुपर्छ भनेका छौं-गुरूङले जनसम्बोधनमा अझ भने।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.