|
क्षतिग्रस्त रविन्द्र भवन (संग्राहलय ) |
मंग्पू १३ अप्रेल,केशर मोक्तान : आज दिउँसो आएको मुसलधारे हावा पानीले मंग्पू क्षेत्रका थुप्रै ठाउँहरुमा क्षति पुराएको छ | विषेश: मंग्पूको एक मात्र पर्यटन स्थल एवं मंग्पूको धरोहर मानिने रविन्द्र भवन(संग्राहलय ) हावा पानीले ठुलो फिलफिलेको रुख ढलेर क्षति ग्रस्त बनाएको छ | त्यस रुख ढल्दा रविन्द्र भवन संगै जोडिएको मंग्पू एरिया लाइब्रेरी पनि पूर्णरुपले क्षतिग्रस्त भएको छ | लाइब्रेरीको छाना रुखले लागेर क्षतिग्रस्त हुनको साथमा खिड्कीको ऐना समेत फुटेको छ | फलत: आज बेलुकी ६ बजे सम्म पनि त्यस हावाले ढलेको रुख सम्बन्धित विभागले हटाएको देखिएन | यदि त्यस ढलेको रुखलाई चाडै नहटाए अझ दुर्घटना हुन सक्ने सम्भावना रहेको छ | त्यति मात्र नभएर यस रविन्द्र भवन माथि अन्य ठुला ठुला रुखहरु छन् भने यसलाई चाडै नै काटेर नहटाए आगमी दिनहरुमा अझ दुर्घटना हुन सक्ने सम्भावना छ | यस बिषयमा आज रविन्द्र संग्राहलयक केयर टेकर शिशिर रावतले सम्बन्धित विभागलाई घटनाको अवगात गराए तापनि अहिले सम्म सरकार पक्षबाट कुनै पहल नगरिएकोले नै आज यस्तो घटना भएको हो भनि जनाए |
|
घटना अघिको रविन्द्र भवन |
|
|
|
|
अर्को तर्फ आज दिउँसो प्राय: दुई घण्टा जति आएको हावा पानीले कालेबुंगबाट जडित मंग्पू बिजुलीको तार धेरै ठाउँमा चुडिएको छ | केही ठाउँमा जोड्न सफल भए पनि बेलुकी सम्ममा पनि विध्युत सर्वाह हुन सकेन |
Post a Comment
We love to hear from you! What's on your mind?