साई बाबालाई श्रद्धाञ्जली चढ़ाउन पहाड़, तराई र डुवर्स बन्द

मनोज वोगटी,कालेबुङ,२६ अप्रेल। सधैँ पार्टीको कार्यक्रमको निम्ति तथा मुद्दा दाबीको निम्ति बन्दको घोषणा गर्ने गोर्खा जनमुक्ति मोर्चाले यसपल्ट श्री सत्य साई बाबालाई श्रद्धाञ्जली चढ़ाउन २७ अप्रेलको दिन पहाड़, तराई र डुवर्समा विहानदेखि दिउँसो १,३० बजीसम्म बन्दको घोषणा गरेको छ। श्री सत्य साई बाबाले विश्वभरि नै आफ्नो आध्यात्मिक प्रभाव छोड़ेर मानिसहरूलाई जीवनमा सही बाटो देखाउने कार्य गरेको भन्दै मोर्चाले तिनको निधनलाई मानवताको निम्ति क्षति मानेको छ। श्री सत्य साई बाबालाई श्रद्धाञ्जली चढ़ाउनको निम्ति सबैले दोकान पाट बन्द गरिदिने, सरकारी गैरसरकारी कार्यलयहरू बन्द राखिदिने मोर्चाको अपील रहेको मोर्चा कालेबुङका प्रचार प्रसार सचिव कुमार चामलिङले जनाएका छन्‌। तिनले वाहनहरू भने खुल्ला रहने जनाएका छन्‌। यता मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले श्री सत्य साईबाबाको अन्तिम संस्कारको निम्ति शव निकालिएको बेलादेखि बन्द राखिदिने अपील गरेका छन्‌।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.