मत विभाजनले मोर्चालाई कुनै परक नपर्ने - पहाड़को निम्ति गर्नुपर्ने निर्णयमा सरकारको जिम्मा-डा.हर्कबहादुर छेत्री

मनोज वोगटी,  कालेबुङ, 26 अप्रेल:  विधानसभा चुनाउ सकियो अब जनताको निर्णय हेर्न बॉंकी छ। सबै दलले आ-आफ्नो मुद्दालाई अघि राखेर चुनाउ लड्यो, तर पहाड़का सबै दलहरूमध्ये गोर्खा जनमुक्ति मोर्चा नै बलियो दल हो। कुन दलसित कति समर्थक छन्‌, यही चुनाउको परिणामले स्पष्ट पार्नेछ। लोकसभा चुनाउमा जसवन्त सिंहलाई जिताएर पठाउने मत यसपल्ट विभाजित भयो। लोकसभामा जनमत गोर्खाल्याण्डको निम्ति देखिए पनि यसपटक विधानसभाले जनमत विविध मुद्दामा बॉंड़िएको देखाउने छ। तर यो कुरालाई मोर्चाले भने सोझै नकारेको छ। मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले यस सम्बन्धमा भने, जनता मोर्चासित छ। मत विभाजन नै भए पनि जोसित धेर जनमत छ सरकारले उसैसित वार्ता गर्नेछ। अहिलेसम्म जनमत विना नै 11 पल्ट वार्ता भयो, अब जनमत लिएर 12 औं वार्ता मोर्चाले नै गर्नेछ। 
यता मोर्चालाई विपक्षका नेताहरूले लगाउने सम्पूर्ण आक्षेपले उनीहरूको राजनैतिक अपरिपक्वता स्पष्ट पारेको बताउँदै तिनले भने, विधायकहरूले गोर्खाल्याण्डको निम्ति केही गर्न सक्दैन भन्दैछ, तर यो त विधायक भएर गएपछि, काम गर्न थालेपछि नै थाहा हुने कुरा हो। मोर्चालाई जनमत नरहेको आक्षेप बङ्गालको माकपाले लगाइरहेको छ। यसकारण यो चुनाउ मोर्चाको जनमत देखाउने चुनाउ हो, यसैकारण नै आन्दोलनको अंशकोरूपमा मोर्चाले यो चुनाउलाई लिएको हो। तिनले मोर्चाले जनमत पाएर मोर्चाले अघि बुझाएकै प्रस्तावमाथि वार्तामा कुरा गर्छ त? भन्ने प्रश्न राख्दा तिनले भने, मोर्चा केवल गोर्खाल्याण्ड भन्छ। गोर्खाल्याण्ड बाहेक अरू कुरा मोर्चाले पटक्कै गर्ने छैन। तर मोर्चाले बुझाएको प्रस्ताव पनि नकार्न नमिल्ने प्रस्ताव हो। यसको प्रसङ्ग चुनाउ अघिसम्म थियो, अब परिस्थिति त्यो प्रस्तावमाथि कुरा गर्ने रहेन। पहाड़को निम्ति कस्तो व्यवस्था दिनुपर्ने हो, त्यो सरकारको कुरा हो। तिनलाई गोर्खाल्याण्डको निम्ति  राजनैतिक एकताको परिवेश नरहेको सम्बन्धमा प्रश्न गर्दा भने,मोर्चाले प्रयास गरेको हो। 
तर आन्दोलन मोर्चाले गरिरहेको छ। सुवास घिसिङलाई मोर्चाले खेदायो। गोरामुमोलाई नचल्ने दुवानी मोर्चाले बनायो। जनतालाई सड़कमा मोर्चाले उतार्‍यो। शहीद मोर्चाकै कार्यकर्ता भए। कुटाई मोर्चाकै भुतपूर्व सैनिक कार्यकर्ताहरूलेे खाए, अरू दलहरूले के गरेको छ? तरै पनि हामीले उनीहरूलाई लिएर काम गर्ने प्रयास गरेकै हौं। जब आन्दोलन हुन्छ तब दलहरू एक हुन अनिवार्य हो तर यसको प्रयासमा मोर्चा असफल बन्यो। दलहरूले मोर्चालाई बुझ्न सकेन। यसमा मोर्चाको कुनै दोष छैन। अब मोर्चा धेरै अघि निस्किसकेको छ। पछि फर्केर दलहरूलाई हेर्नुपर्ने परिस्थिति छैन।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.