मनोज वोगटी, कालिमन्युज, कालेबुङ,13 अप्रेल: घिसिङलाई कसैले केही नभन्नु, केही नगर्नु। तिनलाई कसैले खेद्न पर्दैन। तिनी आफै चम्पट कस्नेछन्। घिसिङ आफैले भोट त सकोस्, चम्पट कस्छु भन्दैछन्- विमल गुरूङले कालेबुङको मेलाटारमा सम्पन्न गोजमुमोको पहिलो चुनावी जनसभालाई सम्बोधन गर्दै यसो भनेका छन्।
मिरिकमा यस्तै जनसभाबाट घिसिङको घरमा चार लाख जनता थुपार्ने तिनले कुरा गरेर चुनाउ आचार संहिताको उलङ्घन गरेको आरोप लागेको थियो। तिनले आज पनि घिसिङलाई इङ्गित गर्दै भने, म चुनाउ आचार संहिताको इज्जत गर्छु। घिसिङलाई हामीले खेद्नै पर्दैन। तिनी आफै चम्पट कस्नेछन्। अहिले पो माकपा सरकारले तिनलाई जेड क्याटागोरीको सुरक्षा दिएर पहाड़ हुलेको छ। यसपाली नयॉं सरकार आउँछ। सयप्रतिशत माकपाको जरा उखेलिनेछ। म किटान गर्छु, माकपाको 32 वर्षे शाषनको अन्त हुनेछ। माकपा सरकार ढलेपछि घिसिङको जेड क्याटागोरीको सुरक्षा रहन्छ र? यसकारण कसैले घिसिङलाई केही नभन्नु। तिनी आफै जानेछन्।
तिनले बङ्गाल सरकारको दुइमुखे नीतिको निन्दा गर्दै घिसिङलाई जेड क्याटागोरीको सुरक्षा दिएको तर आफ्नो भने सुरक्षा गार्ड हटाएको बताउँदै भने, हामीमाथि मुद्दा छ भनेर गार्ड हटायो। तर घिसिङमाथि मुद्दा छैन? तिनले 12 सय मान्छे मारेका छन्। नेताहरू मारेका छन्। मैले को मारेको छु, बताओस् त? 200 जना सुरक्षा दिएर घिसिङलाई पहाड़मा अशान्ति मच्चाउन पठाएपनि चुनाउपछि हामीले केही नगरी घिसिङ पहाड़बाट हटेर जानेछन्। तिनले यद्धपि भने, 21 अप्रेलदेखि भूतपूर्व सैनिक मोर्चा, विद्यार्थी मोर्चा अनि जीएलपीले सिब्सुकाण्डमा सीबीआई जॉंच हुनुपर्छ भन्ने मागमा आन्दोलन गर्नेछन्। त्यसबेला जनता घिसिङको घरमा गयो भने म जान्दिन। सिब्सुमा गोर्खाल्याण्डको निम्ति मेरा छोरा छोरी मरेका छन् उनीहरूको निम्ति पनि गोर्खाल्याण्डको निम्ति म लड्नेछु।
अब प्राधिकरण डस्टबीनमा गयो। एकबेला थियो, यस्तो परिस्थिति आयो तर अब परिस्थिति छैन। अब तर्क गर्न हर्कबहादुर छेत्रीलाई सदन पठाइरहेका छौं। तिनले गोर्खाल्याण्डबारे सहमति जुटाउने कार्य गर्नेछन्। तिनको कॉंधमा धेरैवटा दायित्वहरू छोड़ेको छु। जिताएर पठाउने म र जनताको काम हो, गएर काम गर्ने जिम्मा छेत्रीको हो। तिनले लेप्चा समुदायले भोट बहिष्कारको घोषणापछि लेप्चाहरूको संगठनका प्रमुखसित कुराकानी गरेर यस्तो निर्णय भूलकुरा हुनसक्ने बताइदिएको जनाउँदै भने, लेप्चाहरूको माग साह्रै ठूलो होइनन्। मैले जेएसटीओसित कुराकानी गरिसकेको छु।
लेप्चा, शेर्पा, तिब्बती समुदायलाई विधायक भएपछि डा.हर्कबहादुर छेत्रीले गोर्खा सर्टिफिकेट दिनेछन्। त्रिलोक देवान र रोहित शर्माले दिनेछन्। सुर्ता गर्नुपर्दैन। हण्डरेटपर्सेन्ट, गोर्खा सर्टिफिकेट पाउनेछन्। हिजो पो मोर्चाको म्याण्डेट थिएन अब त हुनेछ। यसकारण लेप्चाहरूले सुर्ता गर्नुपर्दैन। तिनले लेप्चाहरूको लिपि विद्यालयहरूमा पढ़ाइनुपर्ने माग सम्बन्धी पनि मोर्चाले काम गरिसकेको बताउँदै भने, जेएसटीओसित बसेर लेप्चा लिपि पढ़ाइनुपर्ने बारे कुराकानी भइसकेको छ।
अब लेप्चा बहुल क्षेत्रका प्राथमिक विद्यालयहरूमा लेप्चा भाषा पढ़ाउनको निम्ति मोर्चाले 10 जना शिक्षकलाई नियुक्त गर्नेछ। उनीहरूलाई दुइहजार वेतन दिइनेछ। जबसम्म सरकारले पक्कापक्कीरूपमा लेप्चा भाषा पढ़ाउने शिक्षक नियुक्ति गर्दैन तबसम्म मोर्चाले नै शिक्षकहरूलाई वेतन प्रदान गर्नेछ। लेप्चा समुदायले विमल गुरूङसित कुरा राखे, विमलले काम पनि गर्न थाले। तर मैले भोट फकाउन यो गरेको होइन। पानी,बिजुली,बाटो बनाइदिन्छु भन्नेहरूले अहिलेसम्म काम गरेनन्। म त्यस्तो होइन। भनेपछि काम गर्ने मान्छे हो। काम गरेको हुँ। तिनले पहाड़मा गणतन्त्रको निम्ति चुनाउ लड्नेहरूलाई पनि कटाक्ष गर्दै भने, पहाड़मा 21 वर्षे कालो शासनको अन्त गर्दै 2007 देखि नै गणतन्त्र आइसकेको छ। गणतन्त्र सिङ्गुर, लालगढ अनि नन्दीग्राममा खोज्नु जाऊ। जनसभालाई अध्यक्षता एलबी परियारले गरेका थिए भने तिनी लगायत रोशन गिरी अनि डा.हर्कबहादुर छेत्रीले पनि सम्बोधन गरेका थिए। फोटो: मुकेश शर्मा, सामतेन काबो

Post a Comment
We love to hear from you! What's on your mind?