रविन्द्र संग्राहलयमाथि ढलेको रुख आजसम्म हटाईएको छैन-रविन्द्र जन्म जयन्ती आउन मात्र केही दिन बाँकी

मंग्पू २३ अप्रेल, केशर मोक्तान : ऐतिहासिक धरोहरको रुपमा चिनिने एवं मंग्पूको एक मात्र पर्यटन स्थल रविन्द्र संग्राहलय (भवन ) गत १४ अप्रेलको दिन हावा पानीले रुख ढलेर क्षतिग्रस्त भएको थियो जो आज आजसम्म एक हप्ता बितिसक्दा पनि हटाउने कार्य भएको छैन | विश्व कवि रविन्द्रनाथ ठाकुरले २१ मई १९३८,१४ मई,२१ सितम्बर १९३९, अनि २५ अप्रेल १९४० गरेर जम्मा चार पल्ट मंग्पू आएर यसै रविन्द्र संग्राहलयमा बसेका थिए भने १९४० सालमा स्थानीय मंग्पूबसीको साथमा आफ्नो जन्म दिन पनि यही मंग्पूमा नै मनाएका थिए | तर आज संग्राहलय क्षतिग्रस्त भएको एक हप्ता बिती सक्दा पनि सम्बन्धित विभागले मर्मत नगर्नु चिन्ताको विषय बनेको छ | यसरी यस वर्ष सम्पूर्ण भारत देश भरि नै विश्व कवि रविन्द्रनाथको १५० औं पुण्य तिथि मनाइरहेका छन् भने केन्द्र सरकारले नै एक समिति गठन  लाखौं खर्च गरिरहेका छन् | तर मंग्पूको रविन्द्र संग्राहलयको अवस्था भने दिन दिनै बिग्रदै जाँदा पनि कसैले यस विषयमा ध्यान दिएको छैन |
अर्को तिर आगमी ९ मई (२५ बैशाख ) विश्व कवि रविन्द्रनाथको जन्म दिन भएकोले यस वर्ष मंग्पूमा कवि गुरुको जन्म जयन्ती पालन गरिने हो या होइन जनसाधारण अन्योलमा परेका छन् |  स्मरण रहोस -१९४४ सालमा स्थापित मंग्पूको रविन्द्र संग्राहलय विश्वको पहिलो रविन्द्र संग्राहलय हो | यसैले यस ऐतिहासिक धरोहरलाई बचाउनु आज सम्पूर्ण संघ सस्था र राजनैतिक नेताहरुको पनि कर्तब्य बन्न जान्छ | १९९९ साल सम्म यस संग्राहलय पश्चिम बंगल श्रमिक कल्याण विभागमा थिए भने २००० साल देखि यता सिन्कोना विभागले देख-रेख गरिरहेको संग्राहलयको केयरटेकर शिशिर रावतले बताएका छन् | यस संग्राहलयमाथि ढलेको रुखको हाँगाहरु सिन्कोनाका श्रमिकहरुले काटेर सफा गरेतापनि आजसम्म मूल रुखको टुप्पा भने सोझै संग्राहलयमाथि नै अल्झीरहेको छ फलत: त्यस रुखलाई चाडै नहटाए ठुलो दुर्घटना समेत हुन सक्ने सम्भावना छ | रुखले संग्राहलयको भित्रि भाग पनि क्षतिग्रस्त बनाएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.