हङकङ पुगेर इन्द्रबहादुर राईले भने- हामीले हाम्रो मौलिक कुरा लेख्नुपर्छ

मनोज बोगटी, कालेबुङ,23 अप्रेल: प्रख्यात साहित्यकार इन्द्रबहादुर राई सपत्निक हङकङमा छन्‌। तिनले हिजो हङकङ नेपाली महासंघको आयोजना र हङकङ नेपाली साहित्य प्रतिष्ठानको संयोजनमा सम्पन्न कवि गोष्टी एवं विचार गोष्ठीलाई समबोधन गरे। हङकङ याउमा तेइको क्युनिटि हलमा नेपाली साहित्यका शिखर पुरुष डा. इन्द्रबहादुर राईले प्रवेश  गर्दा नपाली पोषाकमा सजिएकी वालबालिकाहरू तिनलाई स्वागत जनाउन लहरै उभएकी थिइन्‌। सबैले एकैसाथ नमस्कार गरेर कार्यक्रममा राईलाई स्वागत जनाए। कुनै पनि कार्यक्रममा राईलाई यसप्रकार स्वागत जनाइएको यही प्रथम थियो। 

कार्यक्रमबारे जानकारी दिँदै उपन्यासकार-कवि देश सुब्बाले भने, हङकङमा नै यसप्रकारको स्वागत गराई नौलो हो। कार्यक्रमको उद्घाटन नै  नयॉं ढङ्गले गरियो। प्रमुख अतिथि ढोकाबाट प्रवेश भएपछि नमस्कार गर्ने बालबालिका नवबुद्ध आमा समूहकाकार्यकर्ताहरू थिए। जतिबेला नेपाली भेषभूषामा ती बालबालिकाहरूले नमस्कार गरेर राईलाई स्वागत गरिरहेका थिए त्यसबेला गोपाल योञ्जनको राष्ट्रिय गीत  बनेको छ पहराले यो छाती मेरो ... बोलको धुन बजिरहेको थियो।
मञ्चमा प्रवेश भएपछि विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिहरूले हातमा फूल दिएर राईलाई स्वागत गरे-देश सुब्बाले जारी गरेको विज्ञप्तीमा लेखेका छन्‌। विज्ञप्तीमा लेखिए अनुसार त्यही फूललाई प्रमुख अतिथिले एउटा ठूलो कलशमा हालेपछि कार्यक्रमको उद्घाटन भएको थियो। उद्घाटनको प्रक्रियाले विभिन्न जातजातिका भए पनि हामी एउटै नेपाली हौँ भन्ने सन्देश दिइरहेको थियो। कार्यक्रममा प्रमुख अतिथि डा.इन्द्रबहादुर राईलाई महासंघको तर्फबाट अभिनन्दन र ताम्रपत्र प्रदान गरिएको थियो।
महासंघले आफ्नो वार्षिक कार्यक्रममा नेपाली समाजलाई योगदान पुर्‍याउने नेपालीहरूलाई पुरस्कृत गर्दै आएको छ भने यस पटक नेपाली समाजलाई योगदान पुर्‍याउने विदेशी नागरिकहरूलाई पनि सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरिएको थियो। यसरी सम्मानित हुनेमा ब्रिटिश नागरिक जोहन वाललेप्टन, सिन्डी च्वन चाइनिज, कारीन निङलिन्चीन भारतीय र दीपक सुबेदी नेपाली रहेका छन्‌। जोहनले नेपालको बारेमा अंग्रेजी भाषामा पुस्तकहरू लेखेर विश्वमा नेपाली चिनाउने काम गरेका छन्‌। उसको प्रसिद्ध पुस्तक  हिस्टरी अफ नेपाल हो। सिन्डीले चाइनीज विश्व विद्यालय हङकङबाट इथनीक माइनोरीटि मिडिया-मा विद्यावारिधि गर्दै छिन्‌, कारीनले इथनीक माइनोरीटि मा हङकङ विश्व विद्यालयबाट विद्यावारिधि गर्दै छिन्‌ भने दीपक सुबेदीले त्रिभुवन विश्व विद्यालय नेपालको स्नातकोत्तरमा नेपाली साहित्यमा हङकङको योगदान विषयमा शोधपत्र तयार गरेका छन्‌। 11 जना कविहरूले भाग लिएको कविता गोष्ठीमा दीपा एवाइ राई प्रथम, प्रकाश रोदुङ राई दोस्रो र मोहन गुरुङ्ग तेस्रो भएका थिए। कविताको निर्णायकमा कविहरू टंक सम्बाहाम्फे, कमल पौडेल र पशन तमू रहेका थिए।
हङकङबाट उत्पादित विचारहरूमा भयवाद, समुच्च विचार, रेखा कविता र  जनजाति साहित्य रहेको छ। देश सुब्बाले भयवाद र रेखा कविता र भूपेन्द्र चेमजोङले जनजाति साहित्य बारेमा कार्यपत्र पेश गरेका थिए । देश सुब्बाले बोल्ने क्रममा घोषणा गरेका थिए, महासंघले स्थापना कालदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ। त्यस मध्येको यो सर्वश्रेष्ठ कार्यक्रम हो। टंक सम्बाहाम्फेले हङकङेली नेपाली साहित्य र दीपा एवाइ राईले समुच्च विचार-माथि तयार पारेको कार्यपत्र समयको अभावले प्रस्तुत हुननसकेको पनि सुब्बाले जनाएका छन्‌।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि डा. इन्द्रबहादुर राईले नेपाली साहित्य, विश्व साहित्य, धर्म, सौन्दर्य शास्त्र, संरचनावाद, अस्तित्ववाद, भयवादबारे बोले। राईले भानुभक्तको रामायणमा उल्लेख भएको झोँक, मौलिक नेपाली झोँक हो र झोँक धेरै प्रकारको हुन्छ-भन्दा श्रोताहरूले हर्षले ताली बजाएका थिए। अन्त्यमा तिनले भने, हामीले हाम्रो मौलिक कुरा खोज्नुपर्छ र लेख्नुपर्छ। नेपाली महासंघ हङकङका अध्यक्ष प्रदीप थापाले हङकङ नेपाली महासंघको यस कार्यक्रममा महासंघका सदस्य संस्थाहरू गैर सदस्य संस्थाहरू, व्यापारीहरू, साहित्यकारहरू, पत्रकारहरू सबैको सहयोग, सकारात्मक भावना र सबैको नैतिक समर्थनले कार्यक्रम सफल भएको बताएका छन्‌।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.