मंग्पू बिभाग, मंग्पूमा तीन दिवशीय योग शिविर

मंग्पू  २५ अप्रेल (केशर मोक्तान): योग शरीरलाई स्वस्थ र रोगमुक्त राख्ने एक प्राचीन एवम बैज्ञानिक तरिका हो | शरीर मन साथै बिचारलाई स्वस्थ बनाउने,आध्यात्मिक शक्ति बिकाश गर्ने, चरित्रको निर्माण गर्नका साथै जीवनलाई शास्वत सत्य संग जोड्ने सबै भन्दा सरल उपाय हो | रोगि हुन कसलाई मन पर्छ र | यसैले धन सम्पति खर्च नगरी आफुले आफुलाई बुझेर,यो कच्चा शरीरलाई बुझेर योग गरि निरोगी बनौ भन्ने विचार लिएर मंग्पू बिभाग,मंग्पूमा पतंजली योग शिविर ,मंग्पू बिभाग, मंग्पू गठन गरि छोटो अवधिमा भए तापनि तीन दिवशीय २२ अप्रेल देखि २४ अप्रेल २०११ सम्म उक्त शिविरको आयोजना भव्यताका साथ सम्पन्न गरे | शिविरमा बिहान ६ बजे देखि प्राय: ८.३० बजे सम्म तीनै दिनहरुमा बिभागका विद्यार्थीवर्ग,शिक्षक-शिक्षिकावर्ग,बुडा-पाका,वरिस्ठ नागरिकहरु  साथै दिदी-बहिनीहरु पनि भिडका  साथ अंश ग्रहण गरेका थिए | शिविरमा तीनै दिन राम प्रशाद शर्मा सिंग्ताम निवासी तथा प्रान्त प्रभारी  पतंजली योग शिविर एवम भारत स्वाभिमान,श्री सोनाम छिरिंग भोटिया,पुर्व जिल्ला संयोजक एन० बी०  थापा,राज्य संयोजक सिक्किमले रोचक ढंगमा योग शिविर संचालन गरेका थिए  भने   डा० टिका प्रशाद शर्मा,बैज्ञानिक आयुर्वेदको पनि उपस्थिति  थियो | शिविर संचालन हुनमा टी० बी० लेप्चा अनि राम प्रशाद शर्मा सिंग्ताम माझको सम्पर्कता तथा प्रयाशमा भएको थियो भने आयोजक समितिका सभापति हरि प्रशाद राई,सचिव निर्मल गुरुङ कोशाद्यक्ष विजय राई थिए | यस कार्यलाई निरन्तरता तथा बडोत्तरी गर्न सिक्किम राज्य एकाईसंग सम्पर्क सांधो पनि योजना गर्ने जमर्को पतंजली योग शिविर मंग्पू विभागले लिएको छ | 
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.