लीगले गोर्खाको गौरव होइन बद्नाम गर्दैछ-के.एन.सुब्बा

मनोज वोगटी,Kalimpong, 30 अप्रेल : गोर्खालीगभित्र भित्रै चर्किरहेको कलह अब विस्तारै प्रकट हुने छॉंट देखापरेको छ। लीगभित्र पनि दुइ खेमा रहेको अनि दुइ खेमाबीच नै भुलबुझाइले घर हालिसकेको पनि स्पष्ट हुँदै गइरहेको छ। यस हिसाबले गोर्खालिगभित्र नेतृत्वकोे सङ्‌कट अहिले निक्कै जटिल समस्यामा रूपान्तरित भइरहेको छ। लीगको केन्द्रिय समितिले चुनाउमा उचित भूमिका निर्वाह नगरेको भन्दै दलको कार्यकारी अध्यक्ष दावा शेर्पा अनि महासचिव मनोज देवानलाई पदमुक्त गरिसकेको छ भने अर्कोतिर पदमुक्त गर्नु षड़यन्त्र रहेको भन्दै दुवैले दललाई राजिनामा लेखिसकेका छन्‌।

साधारणरूपले हेर्दा कुरा यहीं सकियो तर यसो होइन, कुरा यहीँबाट अझ गम्भीर र जटिल बन्दै गएको छ। आज गोरामुमोबाट गोर्खालिगमा आएका के.एन.सुब्बाले शेर्पा र देवानलाई पदमुक्त गरिएको नभएर पदच्युत गरिएको आरोप लगाएका छन्‌। तिनले यसो गरिनुको पछिल्तिर षड़यन्त्र लुकेको संकेत दिँदै भने, यो षड़यन्त्रबारे म विधानसभा चुनाउको गणनापछि कुरा गर्नेछु। तिनले शेर्पा र देवानलाई जुन कारण देखाएर पदच्युत गरिएको छ, त्यो चित्तबुझ्दो र गणतान्त्रिक नरहेको बताउँदै यो काण्डले पार्टीभित्रको अगणतान्त्रिक चलखेलको पर्दाफास भएको जनाए।

तिनले भने, प्रथम त, म पनि केन्द्रिय समितिको सदस्य हुँ, रसिद छ मसित। तर मलाई 25 अप्रेलको सभामा बोलाइएन, किन? यसकोपछि कुन कारण छ? मलाई बताइदिनुपर्छ। अकर्,ो सात सदस्यीय टोलीले गरेको सभा, जहॉं सभाको कोरम पनि पुगेको छैन, यस्तो सभाले यति गम्भीर निर्णय कसरी लियो? 14 जना केन्द्रिय सदस्यहरूलाई नबोलाई, कोरम नै नपुगी भारती तामङ,लक्ष्मण प्रधान, त्रिभुवन राई, प्रताप खाती, छेवाङ भोटिया, डीके प्रधान अनि मोहन शर्माले जुन निर्णय गर्‍यो त्यो अगणतान्त्रिक छ। यता दावा शेर्पा, मनोज देवान, केएन सुब्बा, अर्जुन भोटिया, शरण मोथे, अमर लामा, राजेन राई, राजेन मुखिया, बीएन गुरूङ, तिलक राई, एनबी गुरूङ, एसबी जिम्बा तथा अन्य लगायत 14 जना सदस्यहरूको अनुपस्थितिमा यस्तो निर्णय किन भयो? यसको जवाब दिइनुपर्छ। अब 14 जनाको सभा बसेर यसबारे सात जनालाई कारण बताउ नोटिश जारी गर्नेछ। तिनले दावा शेर्पाले चुनाउमा धेरै ठाउँ जनसभामा बोलिदिएको बताउँदै भने, कालेबुङ, दार्जीलिङ, कैंजले, बिजनबारी, सुकियामा तिनी गएकै हुन्‌, उनीहरूको निम्ति भोट मागिदिएकै हुन्‌। यति मात्र होइन चुनावी घोषणापत्र नै शेर्पा आफैले लेखेर आफ्नै खर्चमा प्रकाशित पनि गरेका हुन्‌। घोषणापत्रबाट पनि तिनी बोलिदिएका छन्‌। तिनी चुनाउमा खटेनन्‌ भन्ने आरोप फेरि कुन आधारमा लगाइएको हा? चुनाउको निर्णय भएको छैन, कसले जित्छ, कसले हार्छ, खुलेको छैन अहिले नै खटेन, अब पार्टीमा राख्दैनौं भन्नुको अर्थ के हो?

तिनले अझ भने, राम्रा मान्छेको ठाउँ गोर्खालिग होइन रहेछ भन्ने कुरा बुझ्दैछु, नत्र चुनाउको बहानामा यतिसाह्रो अगणतान्त्रिक निर्णय हुनेथिएन। दावा शेर्पाको योगदान चुनाउले नाप्ने हो? भन्दै तिनले शेर्पाले मदन तामङलाई न्याय दिलाउन दिल्लीमा मानवाधिकार आयोग,अल्पसंख्यक आयोगमात्र होइन राहुल गान्धी, गृहमन्त्री, प्रणव मुखर्जी, मुख्यमन्त्रीहरूसित भेट गरेको बताउँदै भने, चनाउमा खटेन भन्नु, त्यो पनि सही होइन अनि तिनले पार्टीलाई दिइरहेको योगदानलाई भुलेर यसकिसिमको निर्णय गर्नु अगणतन्त्रको जिउँदो नमुना रहेको बताए। तिनले भने, गोर्खालिगले गोर्खाको गौरव होइन आफ्नै घरभित्रका सदस्यलाई बद्नाम गरेको आरोप पनि लगाए। तिनले भने, म त मदन तामङलाई न्याय दिनुपर्छ भनेर आएको थिएँ, यस्तो दुइचारजनाको हातको डमरू जस्तो पार्टीले मदन तामङलाई न्याय दिँदैन। गोर्खालिगलाई सातजनाले ठूलो क्षति पुर्‍याएको छ। यसको जिम्मेवार ती सातैजना सदस्यहरू हुन पर्नेछ। 14 जनाको सभाले सात जनालाई कैफियत माग्नेछ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.