सिक्किमले ऐतिहासिक काम गरेको छ-अमर लामा

कालेबुङ,27 अप्रेल,सरोकार: संगीतकार ब्राइन मोक्तानको शवयात्रामा सामेल हुन आएका मोर्चाका पूर्व नेता अमर लामाले निक्कै दिनदेखि राजनैतिक विषयमा मुख खोले। तिनी केही बेल्न नचाहे पनि पत्रकारहरूले सोधेको प्रश्नको उत्तरमा सिक्किम विधानसभाले गोर्खाल्याण्डको प्रस्ताव पारित गर्नु ऐतिहासिक कार्य रहेको जनाएका छन्‌। तिनले भने, यही कार्य दुइवर्ष अघि गरिएको भए आन्दोलनले सही बल पाउने थियोे। ढिलै भएपनि सिक्किमले ऐतिहासिक काम गेको छ। अब अन्य राज्यहरूले पनि सिक्किमबाट सिक्न पर्ने भएको छ। अर्कोतिर तिनले गोर्खाल्याण्ड सम्बन्धमा बोल्दै हत्या हिंसाले गोर्खाल्याण्ड पटक्क नहुने मत प्रकट गरे। तिनले भने, हिंसाले कुनै पनि कुरा प्राप्त हुँदैन। गोर्खाल्याण्ड हुनको निम्ति कसैले पनि प्राणको आहुती दिन पर्दैन। यसको निम्ति उचित कार्यनीति र इमान्दार कार्यक्रमको खॉंचो पर्छ।

स्मरणीय छ, लामा गोर्खालीग नेता मदन तामङका भाइ हुन्‌।तिनी मोर्चाका एक शीर्ष नेता थिए तर जब मदन तामङको हत्या भयो तिनले मोर्चा हत्यामा लिप्त रहेको आशंका गर्दै दलबाट राजिनामा लिएका थिए। राजिनामापछि तिनले राजनैतिक विषयमा मौनता बॉंधेका थिए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.