सिब्सुकाण्डमाथि सीबीआई जॉंच हुनुपर्ने मागमा ज्ञापन

कालेबुङ,27 अप्रेल सरोकार: सिब्सुकाण्डमाथि सीबीआई जॉंच हुनुपर्ने माग गोर्खा जनमुक्ति मोर्चाले छोड़ेको छैन। चुनाउको कारण यसको दाबी गर्ने कार्यक्रम गर्न नसकेपनि चुनाउ सकिएपछि फेरि मोर्चाको भातृसङ्गठनहरूले सीबीआई जॉंचको मागलाई चर्काउन शुरू गरेको छ। आज मोर्चाको भातृ सङ्गठन भुतपूर्व सैनिक मोर्चा अनि विद्यार्थी मोर्चाले संयुक्तरूपमा कालेबुङ महकुमा अधिकारीलाई ज्ञापन चढ़ाएको छ। विद्यार्थी मोर्चा कालेबुङका सचिव दिपेन थापा अनि सैनिक मोर्चाका सचिव मेजर एसपी वार्नरले घटनामाथि सीबीआई जॉंच मात्र होइन विमल गुरूङले डुवर्सको यात्रा गर्न पाउनुपर्ने माग पनि ज्ञापनमा गरिएको जनाएका छन्‌।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.