एसोसिएसनद्वारा चुनाउ बहिष्कारःफोरमद्वारा भोट हाल्ने घोषणा

मनोज वोगटी,१६  अप्रेल : भोट हाल्नु वा नहाल्नु भन्ने कुरामा अल्झिएको इण्डिजिनस  लेप्चा ट्राइवल एशोसिएसनले अन्तमा गरिएको घोषणालाई नै चुडान्त गर्‍यो। 60 वर्षदेखि पहाड़का भूमिपुत्र लेप्चा समुदायका समस्या समाधानको निम्ति राज्य र केन्द्र सरकारले कुनै पनि पहल गरेको अनि अहिलेसम्म लेप्चा समुदायको कुरालाई कुनै पनि दलले सम्बोधन नै नगरेको कारण गरिएको चुनाउ बहिष्कारको घोषणाबाट एशोसिएसन पछि हटेन। हिजो इल्टाको बैठकबाट चुनाउ बहिष्कारको घोषणा यथावत नै रहेको बताइएको भए पनि यसको चुड़ान्त निर्णय आज गरिने भएको थियो।आज बसेको इल्टाको कार्यकारी समितिको बैठकमा चुनाउ वहिषकारको घोषणालाई नै चुड़ान्त गरिएको इल्टाका अध्यक्ष ल्याङसोङ तामसाङले बताएका छन्‌। सिलगढ़ीमा जनसभा गर्दै एसोसिएसनले यसपल्टको विधानसभा चुनाउ बहिष्कार गरेपछि चुनाउ लड्ने दलहरूबीच सनसनी मच्चिएको थियो। लेप्चा समुदायबाट यस्ता खाले घोषणा हुने वित्तिकै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले लगत्तै कालेबुङको दौडाहा गर्दै एसोसिएसनका अध्यक्षसित गोप्य बैठक गरेका थिए। सोही दिन जिल्लाभरिका लेप्चा समुदायसित पनि गुरूङले भेटघाट गर्दै चुनाउ बहिष्कारको कुरा गलत पहल हुने बताउँदै लेप्चाहरूको समस्या ठूलो नरहेको अनि मोर्चाले यसको समाधानको निम्ति पहल गर्ने जनाइएको थियो। यसैबीच गुरूङले कालेबुङको चुनावी जनसभाबाट जिल्लाका दस लेप्चा बहुल प्राथमिक पाठशालामा  मासिक दुइ हजार वेतन दिएर लेप्चा शिक्षकहरू नियुक्त गर्ने अनि मोर्चाका उम्मेद्वारहरूलाई  विधानसभामा विजयी बनाएर पठाए विधायकहरूले नै गोर्खा सर्टिफिकेट दिने घोषणा गरेका थिए। यति धेरै भइसकेर पनि लेप्चा एशोसिएसनले आफ्नो घोषणालाई नै स्थिर राख्यो। तामसाङले भने, चुनाउ बहिष्कार कुनै दललाई फाइदा र हानी पुर्‍याउन गरिएको होइन। लेप्चाहरूको निम्ति केन्द्र र राज्य सरकारले केही नगरेकोले त्यसको प्रतिवाद गर्दै लेप्चाहरूको विरोधिता प्रकट गरिएको हो। यसकारण बहिष्कार नै एशोसिएसनको चुडान्त निर्णय हो। तामसाङले यसबीच विभिन्न भिलेज समितिले चुनाउमा भागलिने भनेर प्रस्ताव लिइरहेको सन्दर्भमा प्रश्न गर्दा तिनले थोरै प्रतिशतमा यस्ता घटना भएको सुनिएको तर एसोसिएसनलाई कुनै प्रकारको प्रस्ताव नआएको तिनले जनाए। इल्टाले चुनाउ बहिष्कार गर्ने नै निधो गर्ने वित्तिकै यता इल्टाकै अर्को अंश इण्डिजिनस लेप्चा ट्राइबल फोरमले भने भोट हाल्ने अपील गरेकोले लेप्चाहरूमा फाटोको परिस्थिति बनेको स्पष्ट भएको छ। फोरममा अध्यक्ष पवल सिमिकले भने, फोरम इल्टाकै अंश हो, चुनाउ बहिष्कारको कुरा इल्टाले गरेपनि म भने मताधिकारको प्रयोग गर्नेछु। म मात्र होइन सिलगढ़ी, तराई, डुवर्स, दार्जीलिङ, खर्साङ र कालेबुङका 20 वटा भिलेज कमिटीले मताधिकारको प्रयोग गर्ने प्रस्ताव लिएको छ। प्रस्ताव फोरममा आइपुगेको छ। इल्टाको निर्णयको उलङ्घन गरेको होइन नकि लेप्चाहरूको आन्दोलनको विरोध गरेको हो तर फोरमले मताधिकारको प्रयोग गर्नेछ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.