मंग्पूको १६ वटा मतदान केन्द्रहरुमा मोठ १२,११४ मतदाताहरु

मंग्पू १६ अप्रेल,केशर मोक्तान : आगमी १८ अप्रेलको दिन हुने १५औ विधान सभा चुनावलाई सुचारुरुपले संचालन गर्न केन्द्रिय तथा राज्य चुनाव आयोग एवं पुलिस प्रशासन अहिले देखि नै तयारमा छन्  | सोहि अनुरुप मतदाताहरुले निर्धक भएर मतदान गर्नुपर्ने राज्य चुनाव आयोगले जन समक्ष अपील गरेका छन् |  खरसाङ  विधान सभा क्षेत्रको तकदाह खण्ड  अन्तर्गत पर्ने मंग्पूको तीनवटा स्थानहरु कमश: लाब्दा,रेशेप र रोङचोङ ग्राम पंचायतको १६ वटा मतदान केन्द्रहरुमा शान्तिपूर्ण ढंगमा मतदान गराउन चुनाव आयोगले एक कम्पनी केन्द्रिय शुरक्षा बल अगावै तैनाथ गरेका छन् |  यसपल्टको जनगणना अनुसार मंग्पू लाब्दा ग्राम पंचायतको सात वटा मतदान केन्द्रहरुमा क्रमश : २१६७ महिला अनि २१२४ पुरुष गरी मोठ ४२९१ मतदाताहरु छन् भने रोङचोङ ग्राम पंचायतको चार मतदान केन्द्रहरुमा १५६७ महिला अनि १५७५ पुरुष गरी मोठ ३१४२ मतदाताहरु छन् | यसै गरी रेशेप ग्राम पंचायतको ५ वटा मतदान केन्द्रहरुमा २४०१ महिला अनि २२८० पुरुष गरेर मोठ ४६८१ मतदाताहरु छन् | यसरी यसपल्टको बिधान सभा चुनावमा मंग्पू  क्षेत्रको तीन वटा ग्राम पंचायतको १६ वटा मतदान केन्द्रहरुबाट जम्मा बाह्र हजार एक सय चौध ( १२१४ ) मतदाताहरु रहेका छन् |  
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.