ब्राइन मोक्तानको शव पाइयो

मनोज वोगटी,  कालेबुङ,  26 अप्रेल:चुनाउ आयो, गयो तर त्यही चुनाउको निम्ति कार्य गर्न गएका कालेबुङका चर्चित संगीतकार ब्राइन मोक्तान घर फर्किएनन्‌।  निखोज भएको आठ दिनपछि तिनी घर त फर्किए तर शवकोरूपमा। आज तिनको शव बाघपूल नजिक टिस्टा नदीमा तैरिरहेको अवस्थामा पाइयो। मानिसहरूले शव तैरिरहेको देखेपछि सेभोक थानालाई सूचित गरिएको थियो। 
खबर पाएपछि स्थानीय मानिसहरूको सहयोगमा बाघपूलदेखि डेड़ किलोमिटर तल मङपङछेउ टिस्टा नदीबाट पुलिसले शव उद्धार गर्‍यो। शव पाएको खबर पाएपछि कालेबुङबाट ब्राइन मोक्तानका निकटका मित्र उर्गेन लामा मिनी लगायत पॉंच जनाको टोली उद्धारस्थलमा पुगे। शव ब्राइन मोक्तानकै हो भन्ने कुरा शवको अनुहारबाट नचिनिएपनि मोक्तानले लगाएका पेन्ट र पेटीबाट चिनिएको थाहा लागेको छ।  मोक्तानको शव कालेबुङ महकुमा अस्पतालमा पोष्टमर्टमको निम्ति लगिएको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.