मंग्पूमा भगवान श्री सत्य साई बाबा प्रति श्रधान्जली

मंग्पू २६ अप्रेल,केशर मोक्तान: भगवान श्री सत्य साई बाबाको देहावसम पछि स्थानीय साई निलयममा साई भक्तहरुले निरन्तर वेदपाठ,साई गायत्री,नामस्मरण जप गर्ने काम गरिरहेका छन् | कैयन दु:खी मनहरुले निरन्तर प्रार्थना चडाइरहेका छन् | आज पनि साई निलयममा मंग्पू भरिका साई भक्तहरु भेला भएर भजन गाए अनि प्रार्थना गरे | भोलि बुधबार २७ अप्रेल२०११ को दिन बिहान ९ बजे देखि साई निलयममा भजनको कार्यक्रम राखिएको छ| यस प्रार्थना सभामा सबै धर्मावलम्बीहरु,अन्य संस्थाहरुले पनि श्रधान्जली अर्पण गर्न सक्नेछन् | प्रार्थना सभामा भगवान श्री सत्य साई बाबाको जीवनी सम्बन्धमा श्री सत्य साई सेवा संगठन,मंग्पू  क्षेत्रका क्षेत्रदायित्ववाहक श्री मोहन ठकुरी र मंग्पू साई समितिक संयोजक श्री पप्पु पाण्डेले पनि केही कुरा राख्ने जानकारी पाइएको छ |
 भोलि दिउँसो १२ बजे श्री सत्य साई बाबामा आरती अर्पण गरेपछि प्रार्थना सभा सकिने छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.