मंग्पूमा सत्य साई बाबा प्रति श्रधान्जली दिने क्रम जारी

MUNGPOO(मंग्पू),अप्रेल २९,केशर मोक्तान : केही दिन अघि महापरिनिर्वान भएका सत्य साई बाबाको स्मृतिमा मंग्पूका गायक,कलाकारवर्ग एवम मंग्पू  च्यानल संचालकवर्गले बाबा प्रति श्रधान्जली अर्पण गर्दै एक कार्यक्रम मन्दिर प्राङ्गनमा सम्पन्न गरे | कार्यक्रमको  प्रथम चरणमा भक्तबहादुर गुरुङको बाहुलीबाट बाबाको तस्वीरमा दीप जलन एवम माल्यअर्पण गरियो | त्यसपछि मंग्पूमा गायक पदम बराइलीले भगवान बाबाको जीवनी र उहाँको मार्गदर्शनका कुराहरु आफ्नो वक्तब्यमा राखे | कार्यक्रममा मंग्पूका वरिष्ठ गायकहरु राजेन आले,सुरेन पाख्रीन,बेनु बोम्जन,मणि राई,अनुप गुरुङ र पदम बराइली द्वारा श्री सत्य साई बाबा प्रति श्रधान्जली अर्पण गर्दै मिठा -मिठा भजनहरु प्रस्तुत गरे | स्थानीय ख्यातीप्राप्त बाँसुरी वादक नविन वाइबा,किवोड वादक बसन्त खाती अनि तबला वादक अकबर राईले संगीतमा साथ दिएका थिए | भगवान सत्य साई बाबाको देहावसान पछि स्थानीय साई निलयममा साई भक्तहरुले निरन्तर वेद पाठ,साई गायत्री,नाम स्मरण जप गरे | कैयन दुखी मनहरुले निरन्तर प्रार्थना चदाईरहेका छन् |यस प्रार्थना सभामा भगवान सत्य साई बाबाको जीवनी सम्बन्धमा साई संगठन मंग्पू  क्षेत्रका दायित्ववाहक मोहन ठकुरी र मंग्पू  साई समितिक संयोजक पप्पु पाण्डेले पनि केही कुरा राखे |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.