दलीय अनेकता नै घिसिङ प्रवेशको कारण-क्रामाकपा

मनोज वोगटी,कालेबुङ,29 अप्रेल: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले गोर्खाल्याण्ड छोड़ेर छैटौं अनुसूची(जो जनताको आकांक्षा होइन)को वकालती गरेर जनतालाई धोका दियो भन्दै गोर्खा जनमुक्ति मोर्चाले गोरामुमोको अस्तित्व नै नष्ट गर्दै यसका नेताहरूलाई पहाड़बाट खेदाउन कार्य गरेपनि अहिले खेदाइएका गोरामुमो नेताहरू छैटौं अनुसूचीकै वकालती गर्न पहाड़ फर्किएका छन्‌।

यसो हुनुको प्रमुख कारण नै दलीय एकता रहेको गोजमुमोबाहेक अर्को ठूलो दल भनिएको क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले बताएको छ। चुनावी समिक्षासितै राजनैतिक परिस्थितिमाथि पनि समिक्षा गरिएको बताउँदै क्रामाकपा आञ्चलिक सचिव किशोर प्रधानले आज भने, जब गोरामुमोले गोर्खाल्याण्ड छोड़ेर छैटौं अनुसूचीको वकालत गर्न थाल्यो, गोरामुमो पनि आफ्नै कार्यचरित्रको कारण केन्द्र र राज्यले थापेको बल्छिमा परेर जनाकांक्षा विरोधी कुरामा राजनैतिक सम्झौता गर्न बाध्य भएको क्रामाकपाले बुझेको थियो। त्यससमय पनि यदि छैटौं अनुसूची नै माग्न गोरामुमो बाध्य बन्छ भने यस्तो किसिमको छैटौं अनुसूची हुनुपर्छ भन्ने दाबी राख्दै गोरामुमोलाई बीस सूत्री सुझाव राखेकोथियो। गोरामुमोले पत्तो दिएन।यसकारण गोरामुमोले दाबी गरिरहेकोे छैटौं अनुसूचीलाई स्ट्याण्डिङ कमिटिद्वारा खारेज गराउन पहाड़का सबै दलहरू एक हुनपरेको थियो।

दलहरू एक त्यसकारण एक भएका थिए कि गोरामुमोले छैटौं अनुसूची जनताको आकांक्षाको विरोधमा बहाली गर्ने सोंचेको थियो। तर त्यसबेला छैटौं अनुसूचीको कारण एक भएका दलहरू अन्तरिम प्राधिकरणको कारण फुटेर अलग अलग बनेको छ। यसको फाइदा राज्य र केन्द्रले मात्र होइन सुवास घिसिङले पनि लिइरहेको छ। प्रधानले छैटौं अनुसूची खारेज गर्न एक भएका दलहरू नै फुटेपछि फेरि खेदिएका गोरामुमो नेताहरू छैटौं अनुसूचीको मुद्दा बोकेर आएको अनि यसमा सबै दलहरूको भूल रहेको जनाए।
तिनले गोरामुमोले झैं गोजमुमोले पनि अन्तरिम प्राधिकरणको वकालती गरिरहेको अनि केन्द्र र राज्यले मोर्चालाई पनि आफ्नो बल्छिमा पारेको बताउँदै राज्य र केन्द्रको बल्छि थपाईबाट बॉंच्नकै निम्ति क्रामाकपाले सर्वदलीय एकताद्वारा सामुहिकरूपले चुनाउलाई आफ्नो फाइदाकोरूपमा लिएर गोर्खाल्याण्डको निम्ति नै जनता र दलहरू एकमत रहेको देखाउने प्रयास गरेको बताउँदै भने, तर क्रामकापाको प्रयास विफल बनाउन गोर्खाल्याण्डको नाममा अन्य कुराहरूको वकालती गर्नेहरूले षड़यन्त्र गर्न सफल बन्यो। मोर्चालाई पनि क्रामकपाले अन्तरिम प्राधिकरणको निम्ति दइसुत्री सुझाव दिएको भए पनि कुनै पत्तो नदिएको पनि तिनले थपे।

अहिले क्रामाकपा मई दिवस मनाउन कार्यक्रमको तयारीमा जुुटिरहेको पनि तिनले बताए। तिनले गतवर्ष झैं भव्यरूपले हुन नसकेपनि मई दिवसलाई क्रामाकपाका अध्यक्ष अनि महासचिव लगायत अन्य नेतृत्ववर्गले सम्बोधन गर्ने बताउँदै मुख्यरूपले पहाड़बाहिर दलीय क्रार्यक्रम बनाउन क्रामाकपा व्यस्त रहेको तिनले जनाए। गत वर्ष क्रामाकपाले मई दिवसको दिन गतिलो शक्ति प्रदर्शन नै गरेर क्रामाकपामा रहेको जनसमर्थन सबै दललाई मात्र होइन राज्य र केन्द्रलाई पनि देखाएको थियो। क्रामाकपाको कार्यक्रममा उपस्थिति यही विशाल भीड़लाई हेरेर नै मोर्चापछिको बलियो दलकोरूपमा क्रामाकपालाई हेर्न थालिएको थियो।

चुनाउलाई दलीय एकताकोरूपमा प्रयोग गर्ने प्रयास गरेपनि गोर्खाल्याण्डपन्थी विचारधारा विपरित कार्य गर्ने गलहरूको स्वार्थको कारण दलीय एकताको परिस्थिति र एउटै मुद्दाको निम्ति सम्पूर्ण जनमत देखाउने अवसर नरहेकोले चुनाउलाई क्रामाकपाले महत्व नदिएको बताउँदै तिनले भने, चुनाउको परिणाम के हुन्छ भन्ने कुरामा क्रामाकपा जॉंदैन किन भने यसको परिणाम क्रामाकपालाई थाहा छ। चुनाउको परिणाम भनेकै गोर्खाल्याण्डको जनमत विभाजित हुनु हो। तिनल भने, क्रामाकपा अहिले दिल्ली र कोलकातामा त्यहॉंका विभिन्न समुदायका बुद्दिजीवी, वरिष्ट नागरिक अनि दल प्रतिनिधिहरूलाई लिएर गोर्खाल्याण्डको निम्ति कार्यक्रम बनाउने दिशामा सक्रिय छ। जेएनयुमा कार्यक्रम गर्ने तय भइसकेको छ। कोलकातामा पनि कार्यक्रम हुनेछ। अब क्षेत्रीय कार्यक्रमलाई धिमा गर्दै राष्ट्रिय कार्यक्रमहरूमा क्रामाकपाले तीब्रता दिने छ। 
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.