सबैलाई जागे जागे भन्ने ब्राइन जागेनन्‌

कालेबुङ,27 अप्रेल: जागे जागे सारा रात मायालु आउँछ भनेर, यो गीत गिटार बजाउँदै गाएपछि ब्राइन मोक्तानले थप्पड़ीका गड़गड़ाहट पाउँथे। तिनको गीत र संगीतमा भएको जादूले मोहित नहुने कालेबुङमा मात्र होइन नेपाली संगीत जगतमा नै कोही छैनन्‌। धेरै ठूला गायकहरूलाई चुलीमा तिनकै गीत र संगीतले पुर्‍याए भने संगीतको क्षेत्रमा बामे सर्नेहरूलाई ठइँठइ हिँड्ने बनाए। तिनले जब पनि गिटार समाए थप्पड़ी नै पाए। तिनले जब पनि गाए थप्पड़ी नै पाए। तिनै वरिष्ट संगीककार ब्राइन मोक्तानले आज तिनको प्रशंसक अनि शुभचिन्तकहरूबाट अन्तिम पल्ट मट्टि पाए।

नेपाली संगीत जगतमा ख्याती कमाउने तर कहिल्यै घमण्ड नगर्ने युवा संगीतकार ब्राइन मोक्तान 19 अप्रेलको दिनदेखि निखोज थिए भने हिजो तिनको शव बाधपूल नजिकबाट उद्वार गरिएको थियो। आज तिनको अन्तिम संस्कार इष्टमेन रोडस्थित हिना डॉंड़ामा इसाई परम्परा अनुसार गरियो।
पुट्टपर्तीमा श्री सत्य साई बाबालाई समाधिस्थ गरिँदै थियो भने कालेबुङमा ब्राइन मोक्तानको अन्तिम संस्कार भइरहेको थियो। मोक्तानलाई श्रद्धाञ्जली चढ़ाउन तिनका प्रशंसकहरूको भीड़ नगरदेखि नै लाम लागेको थियो भने धेरै गन्यमान्य व्यक्तिहरूको उपस्थिति पनि धेरै रहेको थियो। 18 जुलाई 1953 मा एचपी अनि सुलोचना मोक्तानको कोखमा घुम जोरबङ्गलोमा जन्मिएका मोक्तानले बेथानी प्राथमिक पाठशालाबाट प्राथमिक शिक्षा हासिल गरेका थिए। एघाह्रौ-बाह्रौं श्रेणी डा.ग्रहम्स होम्सबाट उतीर्ण गरेपछि दार्जीलिङ महाविद्यालयबाट स्नातक गरेका थिए। तिनी 1991देखि इण्डो टिवेटन स्कूलमा सहशिक्षक थिए।

ब्राइन कालेबुङमा गीत गाएर नै चर्चित छन्‌ भने नेपाल र अन्य नेपाल बाहुल क्षेत्रमा संगीतकारकोरूपमा चर्चित छन्‌। जागे जागे सारा रात-बोलको गीत तिनको मास्टर पीस गीत रहेको छ भने अहिलेसम्म यसलाई रेकर्डिङ गरिएको छैन। तिनको शवयात्रामा समेल हुन आएका डा.हर्कबहादुर छेत्री, अनमोल प्रसाद अनि अमर लामाले ब्राइनको देहावसानले संगीत जगतमा ठूलो क्षति पुगेका जनाए। अनमोल प्रसादले जागेजागे सारा रात संगै गाएको बताउँदै भने, तिनको मृत्युले म आहत छु। संगीतकार मधुसुदन लामाले ब्राइनको मृत्युले आफू पनि आहत बनेको बताउँदै भने, उनी जति चम्किलो तारा अब पाइन्न। तिनको ठाउँमा कोही पनि अब आउन सक्नेछैनन्‌। ब्राइनले भर्खर नै सिब्सुकाण्डका शहीद लगायत अन्य शहीदहरूलाई समर्पण गर्दै एउटा गीत बनाएका थिए। जसलाई अहिले म पूरा गरिरहेको छु। दुखलाग्दो कुरा तिनकै गीत तिनैलाई समर्पण गर्नुपर्ने अवस्था हामीसित छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.