श्रमिकको रोज 90 होइन 250 ,ज्येष्ठताको आधारमा हुँदैन भने नियुक्ति खारेज गर-फोरम

मनोज वोगटी,  कालेबुङ,5 मई,kalimpong: कंग्रेसको श्रमिक सङ्गठन नेश्नल युनियन प्लान्टेशन वकर्सले विधानसभा चुनाउको मत गणनापछि जिल्लाका चिया श्रमिकहरूको रोज वृद्धिको  निम्ति आन्दोलन गर्ने भएको छ। युनियनका जिल्ला सचिव प्रवीण गुरूङले यसबारे जानकारी दिँदै चियाबगानका मालिक अनि गोर्खा जनमुक्ति मोर्चाको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले श्रमिकहरूको भविष्यसित खेलवाड़ गरिरहेको आरोप लगाउँदै भने, मोर्चा र मालिकबीचको जुन सम्झौता भयो त्यो चुनाउको आचार संहिताको विरूद्ध छ। यस्तो बेला भएको कुनै पनि  सम्झौतालाई मान्य गरिँदैन। जनतामा भोट फकाउन मोर्चाको श्रमिक सङ्गठनले बद्मासी गरिरहेको छ। वास्तवमा मार्च महिनामा रोजवृद्धिको सम्झौताको मियाद समाप्त भयो। उत्तरबङ्गालका सम्पूर्ण युनियनहरूले कमन मिनिमम वेजेज 165 हुनुपर्ने माग गर्दै आइरहेको छ। हामीले पहाड़का स्थिति हेरेर श्रमिकहरूको रोज 250 हुनुपर्ने विषयमा जोर दिइरहेका छौं। हामीलाई भोट फकाउनु छैन। यसैकारण चुनाउ  घोषणापछि हामी पहाड़का श्रमिकहरूको रोज 250 हुनुपर्ने मागमा आन्दोलन शुरू गर्नेछौं। तिनले यसबारे एनयुपीडब्ल्यु जिल्लासभापति अनि केन्द्रिय सभापतिसित व्यापक छलफलपछि कार्यनीति तयार पारिने बताएका छन्‌। तिनले मोर्चाले श्रमिकहरूको रोज 90 रुपियॉं बनाउनु अवैद्ध रहेको ठहर गर्दै चुनावी आचार संहिता लागेको बेला न त युनियनले मागेको पाउन सक्छ न त दिनेले दिन सक्छ-भने।  यससम्बन्धमा धेरै सङ्गठनहरूले आपत्ति जनाइसकेको भएपनि मोर्चाको श्रमिक सङ्गठनले प्रलोभन देखाएर भोट बटुल्ने षड़यन्त्र गरेको पनि तिनले बताए।ज्येष्ठताको आधारमा हुँदैन भने नियुक्ति खारेज गर-फोरममनोज वोगटी, कालिमन्युज,  कालेबुङ, 5 मई।  युनाइटेड फोरमले सिन्कोनाबारीमा गोर्खा जनमुक्ति मोर्चाको श्रमिक सङ्गठनले श्रमिकहरूको  अधिकार छिन्ने कार्य गरिरहेको आरोप लगाएको छ। युनाइटेड फोरमका महासचिव प्रवीण गुरूङले यस सम्बन्धमा भने, सिन्कोनाबगानमा श्रमिकहरूले ज्येष्ठताको आधारमा पाउनुपर्ने पदोन्नति पाउन सकेका छैनन्‌। यसको कारण हो मोर्चाको श्रमिक सङ्गठन। यो सङ्गठनले मनपरि, पार्टीको मान्छे, पार्टीमा खट्‌ने मान्छे छानेर पदोन्नति गर्ने कार्य गरेको छ। यो नियम अनुसार गरिनुपर्ने कार्य होइन।  युनियनले अन्याय गर्ने काम गरिरहेको छ। तिनले आफूसित मोर्चाको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले गरेको मनमानीको पूर्ण जानकारी र प्रमाण रहेको बताउँदै तिनले भने, यही मनमानी चलिरहेकोले फोरमका अधिवक्ताले हाइकोर्ट मार्फत सुझाव र न्यायपरक कार्यपहलको निम्ति कुरा उठान गरेको थियो। यसको जवाबमा सिन्कोना प्रवन्धन पक्षले फोरमका अधिवक्तालाई  सूचारूसित कार्य सम्पादन गर्न समय पनि मागेको थियो अनि फोरमसित बैठक गरेर समस्या समाधान गर्ने लिखित अपील गरेको थियो। तर यस आधारमा कुनै पनि कार्य भएको छैन। तिनले अझ भने, फोरमले 40 वर्ष मुनिका श्रमिकहरूले पाएको पदोन्नतिको विरोध गरेको हल्ला मोर्चाको युनियनले फैलाइरहेको छ वास्तवमा फोरमले न्यायसङ्गत पदोन्नति हुनुपर्छ भन्ने माग गरेको हो। सरकारी नियम अनुसार ज्येष्ठताको  आधारमा पदोन्नति हुन्छ, यसो भएमा श्रमिकहरूले न्याय पाउँछ तर मोर्चाको सङ्गठनले मान्छे छानी छानी मनपरेकोलाई मात्र पदोन्नति दिएर सरकारी नियमकै विरुद्ध कार्य गरेको मात्र छैन श्रमिकहरूलाई अन्याय पनि गरिरहेको छ। फोरमको माग छ कि त ज्येष्ठताको आधारमा पदोन्नति गर नत्र जति पनि मनमानीपूर्ण नियुक्ति वा पदोन्नति भएको छ त्सयलाई खारेज गर्नुपर्छ। तिनले सिन्कोनाबारीका  श्रमिकहरूले पनि आफ्नो अधिकारको निम्ति डटेर लड्नुपर्ने बताउँदै श्रमिकहरूलाई फोरमले अन्याय हुन नदिने बताए।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.