गोरामुमोले शुरू गर्‍यो छैटौं अनुसूचीको निम्ति गाउँ समिति निर्माण कार्य

मनोज बोगटी, कालेबुङ, 6 मई। पहाड़मा पुनःस्थापित बन्दै गइरहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले छैटौं अनुसूचीको निम्ति ग्रामीणस्तरमा गाउँ समिति निर्माण कार्यलाई तीब्र गर्दै लैजान थालेको छ। गोरामुमोले भनेको छ, अब चन्द्रेको बाउ इन्द्रे आए पनि छैटौं अनुसूचीको बील रोक्न सक्दैन। यसकारण छैटौं अऩुसूचीको शाषण प्रणाली अन्तर्गत पर्ने गाउँ समिति, गाउँ प्रमुख, गाउँ सुरक्षा समिति बनाउन गोरामुमोले अहिले रौंचिरा नै शुरू गरेको छ।
यसैक्रममा आज गारोमुमो कालेबुङ शाखा प्रचार प्रसार सचिव अनिल लोप्चनले एक विज्ञप्ती जारी गर्दै कास्योङमा गाउँ समिति बनाइएको जनाएका छन्‌। राजेन्द्र गुरूङको  आवासकक्षमा रणबीर गुरूङले अध्यक्षता गरेको एउटा सभामा राजेन्द्र गुरूङलाई कास्योङको गाउँ प्रमुख तथा भिलेज चिफ बनाइएको छ। अनिल लोप्चनले विज्ञप्तीमा उल्लेख गरे अनुसार छैटौं अनुसूची लागू हुन अब धेर समय लाग्दैन। यसैकारण पहाड़मा बहाली हुने गोर्खा हिल काउन्सिललाई व्यवस्थित गर्न गोरामुमोले अहिलेदेखि नै कार्यपहल शुरू गरेको हो। यसैक्रममा नै गाउँगाउँमा अहिले गाउँसभा भइरहेको छ, जहॉं सर्वसम्मतिमा गाउँ समिति, गाउँप्रमुख अनि गाउँ सुरक्षा समितिहरू तयार भइरहेको छ। गोरामुमो, केन्द्र अनि राज्य सरकारले एउटा त्रिपक्षीय वार्तामा दागोपापको विकल्पकोरूपमा गोर्खा किपटलाई भारतमा संवैधानिकरूपले अन्तर्भुक्त गर्न एउचा चुक्ति गरेको छ।
उक्त चुक्तिलाई कुनै पनि पक्षले विश्वासघात गर्न सक्दैन। सोझै गोर्खाल्याणअड दिने पक्षमा दुवै सरकार छैन, यसकारण गोर्खाहरूको भविष्य अनि आउने पीँढिको राजनैतिक सुरक्षाको निम्ति गोरामुमोले छैटौं अनुसूचीको माग गरेको हो-लोप्चनले विज्ञप्तीमा लेखेका छन्‌। तिनले लेखे अनुसार गुणात्मक शिक्षा, रोजगारहरूको व्यवस्था, सवैवर्गका हरेक समस्याको निदानको निम्ति मानव संसाधन अनि प्रकृतिक संसाधनहरूलाई विकास गरेर लैजान गोरामुमो कटिबद्ध रहेको छ। जातजातमा विभाजित गोर्खाहरूलाई सिङ्गो गोर्खाकोरूपमा 1931 को जनगणनाको आधारमा गोर्खाहरूलाई गोर्खा अनुसूची जनजातिको मान्यता दिइनुपर्ने सम्बन्धमा गोरामुमोले दिएको चाप अनुसार शीघ्र नै कुनै न कुनै फलाफल आउने संकेत मिलेको पनि लोप्चनले बताएका छन्‌। गोर्खा हिल काउन्सिलको बीललाई कसैले रोक्न नसक्ने बताउँदै तिनले अझ भनेका छन्‌, अहिले आउने व्यवस्थालाई हेरेर गाउँगाउँमा गर्नु पर्ने कार्यहरूलाई गोरामुमोले तीब्र राखेको छ। कास्योङको सभामा यसै विषयमा राजु शंकरले उपस्थित समुहलाई अवगत गराएको पनि लोप्चनले जनाएका छन्‌।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.