कालेबुङ शहरभरि थुप्रै बेनाम पोस्टरहरु: फेरि दुखमन

मनोज बोगटी,कालेबुङ (Kalimpong), 6 मई। पहाड़मा जनताको आकांक्षालाई हेरेर राजनीति नभइरहेकोमा असन्तुष्ट कुनै जमातले पोष्टर मार्फत आफ्ना असन्तुष्टीहरुलाई प्रकटमा ल्याएको छ। तर यसपल्ट देखिएको पोष्टर सुनिएको कुनै राजनैतिक-अराजनैतिक शिविरबाट होइन कुनै पनि अभिभावकहरूको नाम उल्लेख नभएको अहिलेसम्म कसैले पनि नसुनेको नयॉं सङ्गठनले नगरभरि टॉंसेको छ। अल गोर्खा युथ फ्रण्ट नाममा टॉंसिएको पोष्टरमा राजनैतिकरूपले जनमुद्दालाई सहीरूपले सम्बोधन नगरिएको आरोप लगाइएको छ।
 पहाड़मा व्यापक अराजकता र अगणतान्त्रिक परिस्थिति निर्माण गरिएकोमा रोष प्रकट गरिएको पोष्टर जुन सङ्गठनको नाममा टॉंसिएको छ, त्यो नयॉं देखिएको छ। युवावर्गहरूको सङ्गठन रहेको भान दिने पोष्टर कुनै पनि दलको असन्तुष्ट जमातको हुन सक्ने शंका गरिएको छ। यसै पनि पोष्टरले कालेबुङमा फेरि नयॉं दलको उद्भव भएको संकेत दिइएको भए पनि पोष्टर नगरको मूल केन्द्र डम्बरचोकमा नटॉंसेर अन्यत्र टॉंसिएकोले कुनै असन्तुष्ट जमातको उपद्रव पनि हुनसक्ने लख काटिएको छ। पोष्टरमा मुख्य गरी छैटौं अनुसूची अनि अन्तरिम प्राधिकरणको वकालती गर्नेहरूलाई खबरदारी गरिएको छ। भनिएको छ, जनताले दुइटै चाहेको छैन। जबरजस्ती थोप्ने काम हुँदैछ।
 आन्दोलनको नाममा धन लुट्‌ने र थुपार्ने काम भइरहेको छ। जनताविरोधीहरू होसियार। पोष्टरमा दलीय अनेकतालाई पनि प्रमुखता दिइएको छ। भनिएको छ, सबैको माग गोर्खाल्याण्ड हो। गोर्खाल्याण्डको निम्ति काम गर्नेलाई मात्र हाम्रो समर्थन हुनेछ। जनताको आकांक्षा गोर्खाल्याण्ड भएकोले हामी सबै मिलेर काम गरौं। यता 12 सय शहीद गर्ने सुबास घिसिङलाई प्रशासनले पक्राउ नगरेको कारण माग्दै सीके प्रधान हत्याकाण्डका दोषीहरू प्रशासनले निकाल्नुपर्ने माग गरिएको छ। भनिएको पनि छ, मदन तामङका हत्याराहरू छाती खोलेर हिँड़िरहेका छन्‌। उनीहरूलाई किन पक्राउ गरिँदैन? छत्रे सुब्बालाई किन जेलमा सड़ाएर राखिएको छ? अब युवा जमातले यी सबै प्रश्नको उत्तर सरकारबाट माग्ने छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.