Mungpoo 14 may, keshar moktan:स्थानीय रोङचोङ ग्राम पंचायत भवन मंग्पूमा अखिल भारतीय गुरुङ (तमु ) बौद्ध संगठनको सभा सार्कीमान गुरुङको सभापतित्वमा संचालन गरियो | सभामा सर्वप्रथम दिलिप गुरुङ (प्रधान अध्यापक,पानीघट्टा उचतर मा० वि० ) का पिता स्वर्गवास भएको हुनाले वहाको स्मृतिमा दुई मिनटको मौन धारण गरेर शोक पालन गरियो |
सभामा गुरुङ तमु सम्प्रदाय सर्वप्रथम बौद्धवलम्बी थिए ,आफ्नो रितिरिवाज,संस्कृति सबै बौद्ध परम्परा अनुसार नै संचालित गरिन्थ्यो | र आज पनि सोहि रितिरिवाज- परम्परालाई अनुसरण गरिनु पर्छ भन्ने कुरोलाई सर्वसम्मति द्वारा स्वीकृति जनाइयो |
वक्तव्यको क्रममा एस० एम० गुरुङ,पि० एल० गुरुङ,टि० बी० गुरुङ, कृष्णलाल गुरुङ,सुमन गुरुङ, निर्मल गुरुङ, मदन गुरुङ, अमिर गुरुङ, द्वारा अब उसो सम्पूर्ण गुरुङ समुदायले बौद्ध धर्म परम्परा अनुसार नै गुरुङ समुदायको कुनै पनि शुभ-अशुभ कर्मकाण्ड/रितिरिवाजहरु पालन गरेर जाने कुरो माथि जोड दिनु भयो | सभामा सर्वसम्मति द्वारा तमु छोज धि मंग्पू शाखालाई विधरान गरि नया समिति अखिल भारतीय गुरुङ (तमु )बौद्ध संगठन गठन गरियो }उक्त नया समितिका पदाधिकारीवर्ग निम्न प्रकारले चयन गरियो |
सभापति - मदन गुरुङ
उप सभापति - टि बी गुरुङ,श्री कृष्णलाल गुरुङ
सचिव- अमीर गुरुङ
सह सचिव - अकल गुरुङ,एन० बी० गुरुङ,श्री पी० एल० गुरुङ,
कोषाध्यक्ष- सुमन गुरुङ,निर्मल गुरुङ,
लेखा परीक्षक -भीमबहादुर गुरुङ |
रोङचोङ ग्राम पंचायतमा अखिल भारतीय गुरुङ (तमु ) बौद्ध संगठनको सभा
15May2011
Post a Comment