सिन्कोना अनि एन० एच० पी० सी० कार्यालय बन्द



Mungpoo(मंग्पू )१९ मई,केशर मोक्तान : गोजमुमो कार्यकर्ता रबिन राईको निधन पछि सम्पूर्ण पहाड शोकको लहरमा डुब्यो | आज गोजमुमो केन्द्रिय समितिको निर्देश अनुसार डाकेको २४ घण्टा बन्द मंग्पू क्षेत्रमा शान्तिपूर्ण ढंगमा बित्यो | यधपि यहाँको सिन्कोना बगान खुल्ला नै रहेतापनि सिन्कोना कार्यालय,दोकान-पात साथै मंग्पू  सेक्टर सी० मा अवस्थित टिस्टा जलविद्युत परियोजना (एन० एच० पी० सी० ) कार्यालय पूर्णरुपले दिन भरि नै बन्द रह्यो | आज यस क्षेत्रमा यान - वाहान कम्ति मात्रामा चले पनि यहाको शैक्षिक संस्थान भने पूर्णरुपले बन्द रह्यो | पुलिसले बताए अनुसार बन्द अवधि कहिँ कतै कुनै अप्रिय घटना घटेको समाचार छैन | सुनदह निवासी गोजमुमो कर्मठ सदस्य स्व; रबिन राईको निर्मम हत्यामा संलग्न हुने हत्याराहरु कल्याण तामांग,योगिता बोम्जन,दावा तामांग,आनन्द राई र रोशन तामांगलाई प्रशासनले यथासिग्रह पक्राउ गर्नु पर्छ |ती हत्याराहरुलाई  मंग्पू लाठ- पन्चर भित्र कसैले आश्रय दिए उचित कारवाही गरिनेछ भनि स्थानीय नाली डाडामा जी० पी० टी० ओ० को नाममा  पोस्टरिंग गरिएको छ | अर्को तिर  गोर्खा जनमुक्ति नारी मोर्चा मंग्पू जोनले पनि हत्याको घोर विरोध गर्दै हत्याराहरुलाई प्रशासनले चाडै पक्राउ गर्ने माग राखेका छन् | यसरी स्व० रबीन राईको निधनमा गोजमुमो मंग्पू जोनले दुई मिनटको मौन धारण गर्दै दुखको यस घडीमा स्व: राईको परिवार प्रति इश्वरले सहन शक्ति प्रदान गरुन भनि प्रार्थना गरियो भन्ने जानकारी गोर्खा जनमुक्ति नारी मोर्चा केन्द्रिय समिति सदश्य एवम मंग्पू जोन मूल सचिव सुर्य मणि राईले बताएका छन् | 
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.