मोर्चाको ऐतिहासिक जितःविपक्षको लाजमर्दो हार जनमत गोर्खाल्याण्डको-डा.हर्कबहादुर छेत्री

आरोहण, 13 मई, कालेबुङ(kalimpong): गोर्खाजनमुक्ति मोर्चाले विधानसभा चुनाउमा ऐतिहासिक जित हासिल गरेको छ। ऐतिहासिक यसकारण कि अहिलेसम्म कुनै पनि विधानसभामा यति धेरै मत कुनै पनि दलका उम्मेद्वारले प्राप्त गरेका छैनन्‌ जति यसपल्टको विधानसभामा गोर्खा जनमुक्ति मोर्चाका उम्मेद्वारहरूले गरेका छन्‌। कालेबुङका मोर्चा उम्मेद्वार डा.हर्कबहादुर छेत्रीले कालेबुङ समष्टीबाट खसालिएको मोठ मत एक लाख चौबिस हजार दुइसय छत्तीस(1,24,236)मा एक लाख नौ हजार एकसय दुइ(1,09,102) भोट प्राप्त गरेका छन्‌।
यो कालेबुङ समष्टीबाट अहिलेसम्मको रेकर्ड अनुसार सबैभन्दा धेर भोट हो। मोर्चापछि आएको छ गोरामुमो। तर गोरामुमोका उम्मेद्वार प्रकाश दहालले  केवल सातहजार चार सय सत्ताइस्‌(7,427) भोट पाएका छन्‌ भने गोरामुमोपछि कंग्रेस उम्मेद्वार शान्ति कुमार शर्माले तीनहजार तीनसय निनानब्बे(3,399) अनि कंग्रेसपछि सीपीआईका विक्रम छेत्रीले तीनहजार एकसय पॉंच भोट प्राप्त गरेका छन्‌। सबैभन्दा कम्ति मत पाएका छन्‌ गोर्खालीगका त्रिभुवन राईले। तिनको भोट केवल अठाह्रसय बाउन्न(1852) रहेको छ। विजयी मोर्चा उम्मेद्वार डा.हर्कबहादुर छेत्रीले भने, यो जित मेरो होइन, जनताको हो। जनताको जित किन हो भने जनताले यसैभोटबाट छैटौं अनुसूची लिएर आउनेहरूलाई जवाब दिएका छन्‌। पहाड़मा गोर्खाल्याण्ड  छोड़ेर अन्य मुद्दाको वकालती गर्ने दलहरूलाई पनि सही जवाब दिएर जनता केवल गोर्खाल्याण्डको मुद्दासित अनि मोर्चासित रहेको स्पष्ट पारेका छन्‌।
तिनले माकपा सरकारलाई मोर्चाले पनि बुलेटको जवाब व्यालेटले दिएको बताए। तिनले भने, सिब्सुमा गोली खानेहरूको जीत हो। यो चुनाउ आयो गोर्खाल्याण्डको निम्ति, अब सही ठाउँमा सही कुरा राख्ने परिस्थिति निर्माण गरियो। यदि गोर्खाल्याण्डको कुरा हुँदैन र भएन भने हामी राजिनामा दिनेछौं। यता बङ्गालमा माकपासित नै मोर्चा विपक्षमा बस्नुपर्ने परिस्थिति देखिएकोले यसबारे प्रश्न गर्दा तिनले भने,जोसित बसेपनि हाम्रो मूल कुरा गोर्खाल्याण्ड हो। सॉंप र चन्दन सँगै बस्दा चन्दन सॉंप हुँदैन। तिनले भने, सबै अन्य उम्मेद्वारहरूको सेक्युकिटी फोर्फिट गर्नु थियो, त्यो गर्‍यौं। यो भन्दा ठूलो जित अरू के हुन सक्छ। तिनले मोर्चा कुनै पनि परिस्थितिमा गोर्खाल्याण्डको कुरादेखि पछि नसर्ने अनि अब जनमतलाई सही ठाउँमा प्रयोग गरेर मोर्चाले आन्दोलनको खुड्‌किलो अघि बढ़ाउने पनि जनाए। मत गणनाकेन्द्रमा आज गोर्खालीग र सीपीआई उम्मेद्वार त्रिभुवन राई अनि विक्रम छेत्रीको उपस्थिति थिएन। कंग्रेसका शान्ति शर्मा अनि गोरामुमोका प्रकाश दहालले भने उपस्थिति दिएका थिए।
11 चरणमा निर्णय अघि ल्याइएको थियो तर आठौं चरण पुग्दा नपुग्दै गोरामुमो उम्मेद्वार प्रकाश दाहालले मत गणना केन्द्रलाई छोड़े। तिनले निस्कँदा निस्कँदै पत्रकारहरूले सोधेको प्रश्नको उत्तरमा भने, यो गोरामुमोको हार होइन जित हो। घरपसेको केही दिनमा नै अनेकौं अवरोध, धम्की, जालझेलपछि पनि यति मत पाउनु धेरै ठूलो जित हो मेरो। यो मतलाई बीऊमतको रूपमा लिएको छु। यो वर्षभरिमा यही बीऊले पहाड़लाई हरियै बनाउने छ। तिनले तिनले पाएको कम्तिमत छैटौं अनुसूचीको पक्षमा नै रहेको बताए पनि नपाएको मत भने छैटौं अनुसूचीको विरोधमा नरहेको बताउँदै भने, डर, धम्कीको कारण भोट त्यता गएको हो। परिस्थितिलाई हामी बुझ्छौं। हामीले कम्ती मत पायौं यसको अर्थ यो होइन कि अब छैटौं अनुसूची सकियो। लोकसभा र राज्यसभामा छैटौं अनुसूचीको बीललाई पुनर्थापित गरेरै छोड्ने छौं। मोर्चा उम्मेद्वार डा.छेत्रीको जीतपछि तिनलाई भारीरूपले उपस्थिति समर्थकहरूले नगर परिक्रमा गराए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.