मोर्चाको विजयमा मंग्पूमा पनि विजय उत्सव

Mungpoo(मंग्पू )१३मई,केशर मोक्तान : राज्यको १५ औं  विधान सभा चुनावमा खरसाङ विधान सभा क्षेत्रबाट गोजमुमो प्रार्थी डा० रोहित शर्माले ९३०८६ मतले विजय हासिल गरे वापत गोजमुमो मंग्पू जोनमा पनि मोर्चा समर्थकहरुले स्थानीय नाली डाडामा अवस्थित पार्टी कार्यलयमा पटेका पड्काएर नारा लगाउँदै विजय उत्सव मनाए | खरसाङ विधान सभा क्षेत्रका गोजमुमो प्रार्थी डा० शर्मा धेरै मतले विजय भएकोमा उनलाई मंग्पू जोनका मोर्चा समर्थकहरुले बधाई टकराउँदै  खुशी प्रकट पनि गरे | पार्टी कार्यकर्ता एवम दार्जीलिंग तराई डूवर्स प्लान्टेसन लेबर युनियनका मूल सचिव गगन राईले सबै पार्टी कार्यकर्ताहरुलाई आभार व्यक्त गर्दै मिठाई बाँडे |  खरसाङ विधान सभा क्षेत्रबाट विजयी प्रार्थी डा० शर्मालाई गोजमुमो केन्द्रिय समितिका संगठनिक सचिव एवम गोजमुमो मंग्पू  लाठपन्चर जोनका संयोजक रतन थापाले पनि बधाई टक्राएको छ भने संयोजक थापाले मंग्पू  लाठपन्चर जोनबाट धेरै मतले प्रार्थीलाई विजय तुल्याएकोमा सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई आभार प्रकट गरेका छन् | साथै आफ्नो जाती र अस्तित्वको निम्ति संधै यसरी नै एक जुट भएर बस्ने आह्वान पनि गरे |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.