चुनाउ परिणामले के भन्छ?

मनोज वोगटी, 13 मई, कालेबुङ(Kalimpong): मोर्चाले मोठ 3,43,931 भोट पायो। मोर्चा बाहेक जम्मै दल मिलेर मात्र 88,926 भोट पाएको छ। जम्मै अरू दलका उम्मेद्वारहरूको भन्दा मोर्चाले 2,55,005 धेर भोट पाएको छ। मोर्चाले सबैको जमानत जफ्त गराइदिएको छ। अब प्रश्न उठ्‌छ, यो चुनाउको परिणामले के भन्छ ? भर्खर नै क्रामाकपाले मोर्चाले जित्छ तर त्यो जित  गोर्खाल्याण्डको निम्ति नभएर प्राधिकरण जस्तै कुनै पनि गोर्खाल्याण्ड मुनीको व्यवस्थाको निम्ति हुन्छ, भन्यो। किन यो शंका गरिएको हो भन्ने प्रश्न राख्दा क्रामाकपाले मोर्चाले सोझै गोर्खाल्याण्ड ल्याउने महाधुर्त भनेर  कुनै पनि व्यवस्था भएरै मोर्चाले गोर्खाल्याण्ड पुग्ने चहाना सार्वजनिक गरेको कारण मात्र होइन, मोर्चाले अहिलेसम्म मुखमा गोर्खाल्याण्ड र लेखापढीमा  अर्कै व्यवस्थाको वकालती गरेको कारण पनि बताइएको थियो।
यसपल्ट प्राधिकरण होइन गोर्खाल्याण्ड भनेपछि मोर्चाले लाखौं भोट प्राप्त गरेको छ। आज डा.हर्कबहादुर छेत्रीले कालेबुङबाट गोर्खाल्याण्डको कुरा गर्न मोर्चाले जनमत पाएको स्पष्ट पारेका छन्‌। तिनी पार्टी उम्मेद्वार मात्र होइनन्‌ प्रवक्ता पनि हुन्‌। प्रवक्ता मात्र होइन वार्ताका अंशग्रहणकारी पनि हुन्‌।  तिनले भने, सरकारले मुद्दाको निम्ति जनमत खोज्छ, हामीले त्यो जनमत तयार गरेका छौं। यति मात्र होइन अरूदललाई जनताले विश्वास गर्दैन भन्ने जवाब पनि दिएको छ।  परिणामले राजनैतिक शिविरमा तहल्का नै मच्चाइदिएको छ। मोर्चाको कट्टर विरोधी मानिएको गोर्खालीगलाई भन्दा धेर मत पहाड़वासीले सीपीआई र सीपीआईएमलाई दिएकोले लीग जनताको तराजुमा राम्ररी नै परेको स्पष्ट छ।
अर्कोतिर  दोस्रो जनमत प्राप्त दह्रो राजनैतिक सङ्गठनकोरूपमा आएको छ गोरामुमो। दुवै दल अहिले नै गोर्खाल्याण्ड नहुने भन्दै अन्य व्यवस्थाको निम्ति वकालती गर्ने दलहरू हुन्‌। गोजमुमोले डिफेक्टो स्टेट नै रहेको प्रस्ताव दिएको छ, जसलाई लिएर वार्ता जारी छ अनि गोरामुमो फेरि छैटौं अनुसूची मार्फत नयॉं गोर्खा हिल काउन्सिलको कुरा गरिरहेको छ। दुवै गोर्खाल्याण्ड अहिले नै नहुने भन्ने  दलहरूले धेर मत प्राप्त गरेको छ। युटी र गणतन्त्र बहालीको मुद्दाले भोट नै पाएन। यसले के  स्पष्ट पारेको छ भने केवल गनगन गर्ने र तथ्यपरक कार्यक्रम नगर्ने दलहरूलाई जनताले रुचाउँदैन। क्रामाकपा भने कति जनता लिएर बसेको छ, त्यो खुलस्त हुन सकेन।
मोर्चाले पाएको जनमतलाई कसैले पनि नकार्न सक्दैन, यसकारण अब अन्य तल्लोवर्गका दलहरूलाई राजनैतिक अस्तित्व संरक्षणको निम्ति गतिलै  कार्यक्रम र आत्म विश्वास लिएर आउनुपर्ने देखिएको छ। मोर्चाले पाएको जनमत गोर्खाल्याण्डको निम्ति हो कि अन्य विषयको निम्ति, मोर्चा आफै विषयलाई लिएर चल्मलाउन थालेपछि नै यो कुराबारे स्पष्ट चित्र आउन सक्छ तर मोर्चाले जे गर्छ त्यसको कुरा नगरेर दलहरू आफैले कुनै पनि दह्रो कार्य नबनाए विस्तारै पहाड़का दलहरू सङ्‌कटमा पर्न सक्ने छॉंट यसै चुनाउले देखाएको छ।
गोजामुमो
त्रिलोक  देवान    -1,20,532
डा.हर्कबहादुर छेत्री -1,09,102
डा.रोहित शर्मा   -1,14,297
          मोठ -3,43,931
गोरामुमो     -42,605
सीपीआई(एम) -12,711
कंग्रेस       -10,134
मोठ-       -88,926
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.