मंग्पूमा गोजमुमो मंग्पू विभाग अभिभावक समितिको सभा

MUNGPOO(मंग्पू )५ जून,निस:  आइतबारको दिन स्थानीय मंग्पू विभागको भवनमा मंग्पू शाखा गोजमुमो अभिभावकको नेतृत्वमा मोर्चाको सभापति दिलबहादुर थापाको सभापतित्वमा एउटा धन्यबाद ज्ञापन जनसभा सम्पन्न भयो | सभालाई मोर्चाको सचिव सी० के० तामांग अनि दयानन्द राई सभापति युवा मोर्चा मंग्पू  जोनले संचालन गरेका थिए | सम्पूर्ण उपस्थितिलाई स्वागत संभाषण भाष्कर थापा सभापति मंग्पू शाखा युवा मोर्चाले तथा सभाको औचित्य बारे सुजम छेत्री  सचिव युवा मोर्चा मंग्पू शाखाले गरेको थियो |सभामा विगत विधान सभा चुनावमा आ - आफ्नो बहुमूल्य मत दिई गोजमुमो प्रार्थी रोहित शर्मालाई बहुमतले विजय तुल्याएकोमा जन -जनार्दनलाई धन्यबाद - कृत्यज्ञता प्रकट गर्दै  मंग्पू जोन सचिव रतन लामाले आभार प्रकट गरे | यसै क्रममा मूल सचिव दार्जीलिंग तराई डुवर्स लेबर युनियन गगन रीले पनि सबैलाई धन्यबाद दिदै  पार्टी विरोधी कार्यक्रम नगरिदिने तथा सबै एक मुष्ठ भइ साथ दिने आह्वान गरे | संभाषणको क्रममा  मुख्य अतिथिको आशनबाट  रतन थापा संयोजक मंग्पू - लाठ पन्चर समष्टि  तथा केन्द्रिय समिति गोजमुमोले भने सम्पूर्ण यहाँका जान जनार्दनलाई गोर्खाल्याण्डको पक्षमा बहुमत दिए वापत आन्तरिक हृदयबाट साथै सधै गोर्खाल्याण्डको पक्षमा एक भइ बस्ने आह्वान गरे | यस आन्दोलनमा सम्पूर्ण सिकोना अनि सिन्कोनाबासीको उन्नति तथा हितको निम्ति  सिन्कोना जोन दार्जीलिंग तराई डुवर्स लेबर युनियन एवम कर्मचारी संगठनले भगीरथ  प्रयास गर्दै  सफलता हासिल तथा संघर्षशील प्रयासलाई बृस्तित जानकारी गराए | सम्भाषणको क्रममा विगत विधान सभा चुनाव अवधि मंग्पू  शाखा कर्मचारी संगठन सभापति गोपाल राई पार्टी विरोधी कार्य गरे वापत ,भूलको स्वय पार्टी विरोधी कार्य स्वीकृतिको आधारमा मंग्पू  शाखा सम्पूर्ण  भात्रिसंगठन तथा अभिभावक  समितिको निर्णय अनुसार  कर्मचारी संगठनको सभापतित्व पूर्ण  निषकासित गरेको तथा मंग्पू   जोनले तीन महिनासम्म साधारण सदशयताबाट निषकासित गरेको सजायलाई संयोजक तथा सा० सचिव   के० एस० रतन थापाले पूर्ण स्वीकृति दिए | अन्तमा रतन थापाले संगठनलाई अझ दह्रिलो सक्षम बनाउन हेतु मंग्पू शाखा गोजमुमो को दा० त० डु० प्ल० ले० यु०  पार्टी (अभिभावक समिति ) तथा युवा मोर्चालाई चाडै १५ / २० दिन भित्रमा रेक्टफाई गर्ने निर्णय सुनाए | सभामा नारी मोर्चा सचिवा सूर्यमणि राई , जयन्ता गिरि , प्रेमकला सुब्बा , ए० एम० राई ,बाल कुमार गुरुङ ,जी० बी० राई अध्यक्ष मंग्पू  जोन ,किरण थापा "सुस्केरा " कृष्णलाल गुरुङ  सचिव कर्मचारी संगठन मंग्पू  शाखा , प्रदिप छेत्री ,बिष्णु लेप्चा , आरिफ थापा ,मुकेश थापा  आदिको अतिथिको रुपमा आसिन थिए | अन्तमा कर्मचारी संगठन सिन्कोना मंग्पू  सभापति चन्द्रप्रकाश शर्माले पनि सम्बोधन गरे अनि सभापति दिल बहादुर थापाले धन्यबाद दिई सभा बर्खास्त गरे भनि गोजमुमो पार्टीको पक्षमा बुद्ध कुमार थापाले जानकारी दिएको छ | 
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.