पानी प्रतियोगीहरू पुरस्कृत

KALIMPONG(कालेबुङ) ५  जून,मनोज बोगटी: 
कालेबुङ कृषक कल्याण सङ्गठनले जिल्लामा बढिरहेको पिउने पानीको समस्यालाई समाधान गर्न जिल्लास्तरीय पिउने पानीको मुहान संरक्षणको  निम्ति एक प्रतियोगितात्मक जनपहल गतवर्ष नै शुरू गरेको थियो। प्रतियोगिता अनुसार गाउँ वस्ती जहॉं पनि पानीको मुहान रहेको छ,  त्यसको संरक्षण गर्नको निम्ति गर्नुपर्ने सबैप्रकारका कार्यपदक्षेप गरिइनुपर्ने रहेको थियो। जसले राम्रो काम गर्छ उसलाई पुरस्कार दिने सङ्गठनले घोषणा गरेको थियो। तीन वर्षसम्म प्रतियोेगितामा अंशग्रहणकारीहरूको कार्यप्रदर्शनलाई हेर्ने अनि जसको राम्रो प्रदर्शन हुन्छ उसलाई क्रमैले पहिले पुरस्कारकोरूपमा 1 लाख, दोस्रो पुरस्कारकोरूपमा 50 हजार अनि तेस्रो  पुरस्कारकोरूपमा 25 हजार नगद दिने पनि घोषणा गरिएको थियो। यसप्रतियोगिताको पहिलोवर्षमा धेरैले अंशग्रहण गरेको थियो भने उनीहरूको कार्यप्रदर्शनलाई हेरेर सङ्गठनले विश्वपर्यावरण दिवसको अवसरमा आज उत्तम कार्य गर्ने प्रतियोगी सङ्गठनलाई पुरस्कृत गरेको छ। पहिलो पुरस्कार सिङ्गबुली त्रिसुली सङ्घ, दोस्रो पुरस्कार समथार कृषक सङ्घ अनि तेस्रो पुरस्कार रोङ्गो कृषक सङ्घलाई  प्रदान गरियो। कार्यक्रमका मुख्य अतिथि महकुमा अधिकारी एलएन शेर्पाको बाहुलीबाट विजेता प्रतियोगीहरूलाई ट्रफी प्रदान गरियो भने गीतकोलबोङ, बोङ सालिम्बोङ, मन्सोङ, लिजाहिल अनि अप्पर चुङथुङ कृषक सङ्घलाई शान्तवना पुरस्कार दिइयो। उनीहरूलाई पुरस्कार प्रदान गरिए पनि जसले अन्तिम वर्षसम्म उत्तम कार्यलाई जारी राख्छ उसलाई नै नगद राशि प्रदान गरिने पनि सङ्गठनका मूल सचिव  विष्णु छेत्रीले जनाएका छन्‌। यसै अवसरमा नेउरा फरेष्टबाट सड़क खोल्ने कुरालाई अवमान्य गर्दै सड़कको विकल्प अरू नै हुनुपर्ने मागमा सङ्गठनले आज हस्ताक्षर संग्रह पनि गरेको थियो।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.