February 26, 202508:11:46 AM

मंग्पूमा रक्तदान र नि:शुल्क चिकित्सा शिवीर

MUNGPOO(मंग्पू )६ जुलाई,केशर मोक्तान :  जीवन संचालन हुन रगतको नितान्त आवशयक छ | रगत बिना प्राणी बाच्न सम्भव छैन | समाजमा मानिस सर्वश्रेष्ठ मान्दछौ | नि:स्वार्थ सेवा मानवीय गुण हो | सामाजिक विचारधारामा " इन्द्रेणी स्व निर्भर समुह " ४० धुरा वार्ड न० ६ रोंगचोंग ग्राम पंचायत मंग्पूको भगीरथ प्रयाशमा ४० धुरा प्राथमिक पाठशाला भवनमा रक्तदान शिवीर तथा नि:शुल्क चिकित्सा शिवीर आयोजना गरिएको थियो | उक्त शिविरमा रेड क्रस पदाधिकारीगण मेजर के० पी० मल्ल , सुमन दाश प्रधान सचिव, क्याप्टन आर० बी० छेत्री, प्रेम शिला छेत्री, चन्दमीत लेप्चा अनि सुष्मा बराइली थिए भने ब्लड ब्यांक दार्जीलिंगका डा० एस० कुमार , राजेन प्रधान, संजय ठाकुर, अनि उमेश छेत्री अतिथिहरुलाई स्वागत माल्यार्पण गरियो | इन्द्रेणी स्व निर्भर  समुहको संयोजिका माया तामांग (थापा ) ले स्वागत संभाषण राखेको शिविरमा " रक्तदान " तथा नि:शुल्क चिकित्सा शिवीर सम्बन्धि औचित्य अर्पण गुरुङले गरे | समुहको फ्लेक्स अनावरण रोंगचोंग जी० आर० पी० श्रीमती जानुका तामांग(राई) ले गरे | उक्त कार्यक्रम आयोजक सम्पूर्ण सदश्य- सदस्याले बिहानदेखि साँझसम्म  व्यस्त रहेको देखियो | यस शिवीरमा रेड क्रस दार्जीलिंगले नि:शुल्क स्वास्थ्य जाँच तथा विभिन्न दवाईहरु उपलब्द  गराएका थिए | यस स्वास्थ्य जाँचको निम्ति मंग्पू  सरकारी  अस्पतालबाट चिकित्सक डा० अरुप घोसाल तथा सहयोगी सुबास तामांगलाई निर्देशक जी० एस० सुब्बा मार्फत अनुमति लिएर सहयोग लिएको थियो | यस शिवीरको कार्यक्रम संचालक भिशु राई थिए | शिविरमा रक्तदाता ३० जना थिए भने स्वास्थ्य जाँच गराउनेहरु जम्मा ४१ जना पुरुष - स्त्रीहरु थिए | उक्त रक्तदाताहरुले रेड क्रस सोसाइटीबाट १ बर्षको ब्लड ब्यांकबाट एक युनिट रगत सित्तैमा प्रदान गरिने कुरो जनाए | कार्यक्रम शुरुवातमा रेड क्रस सोसाइटी दार्जीलिंगका पुर्व सचिव मेजर के० पी० मल्ल तथा मेजर सुमन दाश प्रधानले बर्तमान सचिवले शिवीर सम्बन्धि समभाषण राखे अनि प्रदानले कार्यक्रमको शुरुवात घोषणा गरेका थिए | अन्तमा समस्त रक्तदाता,स्वास्थ्य जाँच गर्न आउने अनि रेड क्रस सोसाइटी, ब्लड ब्यांकका पदाधिकारीवर्गहरुलाई तथा स्थानीय मंग्पूका सहयोगीहरुलाई सदस्य ज्योति गोलेले कृतज्ञता प्रकट गरेको छ भनि एक बिज्ञप्ति मार्फत बुद्ध कुमार थापाले जनाएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.