मंग्पूमा राईजिंङ स्वनिर्भर दल द्वारा वृक्ष रोपन

MUNGPOO(मंग्पू )केशर मोक्तान,२५ जुलाई : मंग्पूमा २४ जुलाई आइतबारको दिन अप्पर रेशेप धुरा " माथिलो गाउँ रेशेप ग्राम पन्चायत वार्ड नम्बर ५ का स्व निर्भर दल गाउँ विकाश समिति द्वारा गाउँ माथि सल्लाहको रुखको फेद परिसरमा पानीको मुहान संरक्षण हेतु जन चेतना गराउदै  भूतपुर्व सैनिक मोर्चाका सह सचिव मणिप्रसाद राईको अगुवाईमा वृक्ष रोपन गरियो | उक्त कार्यक्रमका दल नेता दिपक राई, गाउँ विकाश समितिका सभापति  धन कुमार द्वारा वृक्ष रोपन गरियो | उक्त विरुवा रोपन कार्यक्रममा उत्तिस र कैंजलको विरुवाहरु रेशेप नर्सरीबाट ल्याई स्व निर्भर दल लगायत गाउँ विकाश समितिका सक्रिय युवा सदश्यहरु द्वारा वृक्ष रोपण गरियो | यस वृक्ष रोपण कार्यक्रम आयोजक समितिका सदश्य सह सचिव रिनेश थापा, दलका सदश्यहरु- अनिल राई , पप्पु शेर्पा, कुमार छेत्री , मोहन थापा , राजु दर्जी ,विश्वदिप राई आदि उपस्थित थिए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.