मंग्पूबाट मोहन ठकुरी र दार्जीलिंगबाट कृष्णसिंह मोक्तानलाई काठमान्डौ त्रिमुर्ति पुरस्कार दिईने

MUNGPOO (मंग्पू )३ जुलाई, केशर मोक्तान : नेपाल काठमान्डौ त्रिमुर्ति निकेतन संस्थाले सातौं त्रिमुर्ति दिवशको अवसरमा पहिलो चोटी दार्जीलिंगका दुई साहित्य अकादमी पुरस्कारले सम्मानित दार्जीलिंगका कृष्णसिंह मोक्तान अनि मंग्पूका मोहन ठकुरीलाई आगमी २८ अगस्त को दिन त्रिमुर्ति पुरस्कारले सम्मानित गर्ने भएको छ | उक्त संस्था साहित्यकार लेखनाथ पौड्याल , लक्ष्मी प्रसाद देवकोटा अनि बालकृष्ण समको नाममा त्रिमुर्ति राखिएको कुरो साहित्यकार मोहन ठकुरीले एक भेटमा जनाएको छ | साहित्यकार मोहन ठकुरीको जन्म २० अप्रेल १९४५ मा मंग्पूमा भएको थियो भने उनले " मेरो अंगालोको रात ( कथा संग्रह ) " ,  " हेंग ओवर " (कथा संग्रह ) , "नि:शब्द" (कविता संग्रह ) , " अभिन्न अक्षर " (कविता संग्रह ) ,  "अविस्मृत क्षणहरु " ( संस्मरण ) जस्ता कृतिहरु प्रकाशित गरिसकेका छन्  साथै वहाँले पाँचवटा पुस्तकहरुको सम्पादन पनि गरिसकेका छन्  | उनले १९९६ सालमा २० औं अकादमी पुरस्कार प्राप्त गरेका थिए भने अगामी २८ अगस्त २०११को दिन नेपाल काठमान्डौ त्रिमुर्ति पुरस्कार पनि प्राप्त गर्ने समाचारले सम्पूर्ण मंग्पूबासी खुशीको लहरमा झुमेका छन्  | उक्त दिन त्रिमुर्ति निकेतन संस्थाले राजधानी काठमान्डौमा दार्जीलिंगका यी दुई साहित्यकारहरुलाई जनही २५ हजार रुपियाँ राशी अनि ताम्र पत्र सहित त्रिमुर्ति पुरस्कार प्रदान गर्ने भएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.