मंग्पूमा रविन्द्रनाथको ७२ औं पुण्यतिथि पालन /रविन्द्र संग्राहलयको संरक्षण आवश्यक छ – मन्त्री देव


मंग्पू  ८ अगस्त, डी० के० वाइबा : “ रविन्द्र संग्राहलयको अवस्था एकदमै सोचनीय रहेको छ | यहाँ भएको अत्यन्तै मुल्यवान बस्तुहरुको संरक्षण आवश्यक रहेको छ | संग्राहलयमा अवस्थित कवि गुरु रविन्द्रनाथ संग जडित सम्पूर्ण बस्तुहरुको संरक्षणको व्यवस्था गर्नेछौ | “ उक्त कुरा उतर बंगाल विकाश मन्त्री गौतम देवले मंग्पू रविन्द्र भवनमा आयोजित कवि गुरु रविन्द्रनाथ ठाकुरको ७२ औ पुण्य तिथिको अवसरमा भनेका हुन् | उक्त कार्यक्रममा मन्त्री देव मुख्य अतिथिको रुपमा रहेका थिए | यसका साथै विशिष्ट अतिथिका रुपमा मन्त्री सुनिल तिर्की, विधायक रुद्रनारायण भट्टचार्य , शंकर मालाकार, डा० रोहित शर्मा , दार्जीलिंगका अतिरिक्त जिल्ला शासक गोपाल लामा लगायत अन्य गन्यमान्य व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो | कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवले रविन्द्र संग्रहालयको बेहाल अवस्थाप्रति दुख प्रकट गर्दै हालसम्म भवनमा बिधुत  जडान नभएकोमा खेद प्रकट गरे | उनले आगामी सात दिनभित्र संग्रहालयमा बिधुत जडान गर्नको निम्ति आदेश दिएको पनि जानकारी दिए | मन्त्री देवले संग्राहलय देख रेखको निम्ति तत्काल रात चौकीदार नियुक्ति  गर्ने पनि प्रतिसुती दिए | नेपाली  अकादमी मंग्पू रविन्द्र भवनमा संचालन गर्ने राज्यका मुख्य मन्त्री ममता ब्यनार्जीले गरेको घोषणा चाँडै कार्यरुपमा परिणत हुने पनि मन्त्री देवले बताए | उनले रविन्द्र भवनमा घुम्न आउने साधारण जनताको निम्ति पनि  सहि व्यवस्था गर्ने आश्वासन दिदै मंग्पूलाई इको टुरिजमको क्षेत्रमा पनि विकास गर्ने बताए | अर्कोतिर कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ता मन्त्री सुनिल तिर्कीले कवि गुरु रविन्द्रनाथ मंग्पूवासीको मायामा आजपर्यन्त ज्युँदो रहेको बताउदै मंग्पूवासीको धुक धुकिमा कवि गुरुको माया र श्रद्धा रहेको बताए | सोही क्रममा कार्यक्रमलाई विधायक रुद्रनारायण भट्टचार्यले सम्बोधन गर्दै रविन्द्र संग्रहालयको विकासको निम्ति सिलगडी जलपाईगडी डेभलोभमेन्ट अथोरिटी तर्फबाट पनि आर्थिक सहयोग दिने बचन दिए | उनले सरकारी पक्षबाट मात्र नभएर मानवताको नातामा पनि सहयोग गर्ने बताए |
कार्यक्रममा गितान्जलिका नेपाली अनुवादक मंग्पू कै एक कवियत्री रेमिका थापालाई मन्त्री गौतम देवको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरि सम्मान जनाइयो | यस अवसरमा नर्थ बंगाल भिजनको पक्षबाट पनि कवियत्री थापालाई सम्मान जनाउनुको साथै स्मृति चिन्ह प्रदान गरियो | कार्यक्रममा मंग्पू प्रेस क्लबद्वारा मन्त्री गौतम देवलाई क्लबका सचिव केशर मोक्तानको बाहुलीबाट स्मृति पत्र प्रदान गरि सम्मान जनाइयो | दुई चरणमा विभाजित कार्यक्रमको प्रथम चरणमा मन्त्री गौतम देवले रविन्द्र संग्राहलयमा अवस्थित रविन्द्रनाथको सालिगमा माल्यार्पण गरि श्रधान्जली प्रकट गरे| सोही अवसरमा उनले संग्राहलयमा राखिएको सम्पूर्ण मुल्यवान वस्तुहरुको जानकारी लिदै संग्रक्षणको निम्ति तत्काल पहल गर्नु पर्ने अतिरिक्त जिल्ला शासकलाई  निर्देश दिए | कार्यक्रमको दोस्रो चरणमा दार्जीलिंग, सिलिगुडी लगायत विभिन्न ठाउँबाट आएका कलाकारहरुले रविन्द्र संगीत लगायत सांकृतिक कार्यक्रमहरु प्रस्तुत गरे | सूचना एवम सांस्कृतिक विभाग पश्चिम बंगाल सरकार एवम रविन्द्र संरक्षण समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता स्थानीय वयोवृद्ध ब्यक्ति के० बी० योन्जनले गरेका थिए |       
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.