मंग्पू रम्बी खोलाबाट दुई वटा मृत बनेल उद्धार, यो वर्ष पनि अशुद्ध पानी पिउन बाध्य


MUNGPOO(मंग्पू)१२ अगस्त/केशर मोक्तान : आज रम्बी खोलाबाट मृत बनेल सिन्चेल रेन्ज बन विभागका अधिकारीले खोलाको गहिराईबाट उद्धार गरेर पोस्टमार्टम गरी जलाएको जानकारी बन विभागका अधिकारीले दिएको छ | गत ९ अगस्त को दिन रम्बी खोलामा एक चौकीदार दुई वटा बनेल खोलामा डुबेको देखेपछि मंग्पू सिन्कोना बगान व्यवस्थापक सी० बी० थापालाई सुचना दिए पश्चात आज बगान व्यवस्थापकले सिन्चेल रेन्ज बन विभागका अधिकारीलाई खबर दिए वापत बन विभाग कर्मचारीवर्ग अनि मंग्पू रम्बी विभाग चौकीदारको संयुक्त प्रयासमा खोलाबाट दुइटा मृत बनेललाई उद्धार गरि पोस्टमार्टम पश्चात जलाएको खबर छ | आज सिन्चेल बन विभागका आर० ओ० भुवन गिरी ,बिट अधिकारी सन्तोष सार्की ,फुर्बा शेर्पा साथै मंग्पू रम्बी सिन्कोना बगानका चौकीदार चरण तामांग , मनबहादुर अनि संजीव तामांग आदि को संयुक्त प्रयासमा सो कार्य भयो |
यस रम्बी खोलाको पानी मंग्पू भरिको जनसाधारणले पिउने गरिन्छ भने यसलाई संरक्षण गर्न अनि सफा राख्न सिन्कोना व्यवस्थापन साथै बन विभागका अधिकारीबर्गले ध्यान दिन नितान्त आवश्यक देखिन्छ | यस भन्दा अघि पनि रम्बी खोलामा दार्जीलिंगबाट गाडीले मैला ल्याएर फ्याकिनुको कारण मंग्पूबासीले अशुद्ध पानी पिउनु परेको थियो | फेरि कति दिन देखि खोलामा मृत बनेल रहनुको कारणले मंग्पूबासी अशुद्ध पानी पिउनु परेको छ | रम्बी खोलाको पानी प्राय जसो मंग्पूबासीले पिउने हुनाले यसलाई संरक्षण गर्न अनि सधै शुद्ध राख्न सम्बन्धित विभागले ध्यान दिन आवश्यक रहेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.