MUNGPOO INDEPENDENCE DAY CELEBRATION – मंग्पूमा स्वतन्त्रता दिवश भब्यरुपमा मनाइने

MUNGPOO(मंग्पू) १२ अगस्त/केशर मोक्तान : मंग्पू खेलकूद संघको तत्वाधानमा सम्पन्न भइरहेको “ स्वतन्त्रता दिवश च्यालेन्ज शिल्ड नक आउट फुट्बल टुर्नामेन्ट “ को सेमी फाइनल खेल ११ अगस्त बिहिबार मंग्पू  जन मैदानमा जुनियर म्याच सरस्वती उच्च मा० विध्यालय बनाम गुड स्टार्ट एकाडेमी माझ सम्पन्न भयो | उक्त खेलको निर्धारित समयसम्म दुवै टिमले गोल गर्न सकेनन् , अन्तमा पेनाल्टी खेलमा सरस्वती उच्च मा० विध्यालय विजय बनेर फाइनलमा प्रवेश गरे भने उक्त दिन सिनियर म्याच रंगबुल फूटबल युनाइटेड बनाम पी० वाई० सी० रेशेप माझको रोमान्चक खेलमा  पी० वाई० सी० रेशेपले १ को विरुद्ध २ गोल गरेर रंगबुललाई पराजित गरि फाइनलमा प्रवेश गरे | यसरीनै १२ अगस्तको दोस्रो सेमी फाइनल म्याचमा जुनियर अगम सिंह जुनियर हाई स्कूल बनम ज्ञानपिठ हाई स्कूल माझको खेलमा ज्ञानपिठ हाई स्कूल विजय बनेर फाइनलमा प्रवेश गरेका छन् | विजय दलको भिडन्त आगमी १५ अगस्तको दिन सरस्वती उच्च मा० विध्यालयसित हुनेछ भने सिनियर दोस्रो सेमी फाइनल खेल लाब्दा ग्रीन बनाम गुड स्टार्ट एकाडेमी माझ खुबै रोमान्चक सम्पन्न भयो , उक्त खेलमा लाब्दा ग्रीनले १ को विरुद्ध ४ गोल गरेर फाइनलमा प्रवेश गरे जसको भिडन्त पी० वाई० सी० रेशेपसित हुनेछ |




आगमी १५ अगस्तको कार्यक्रममा फूटबल लगायत मंग्पूका विभिन्न विध्यालय द्वारा मार्च पास्टको साथै रंगारंगी कार्यक्रम प्रस्तुत गरिने भएकोले उक्त भब्य कार्यक्रममा सम्पूर्ण खेलप्रेमी लगायत समग्र जन साधारणलाई हार्दिक स्वागत जनाएको छ | स्वतन्त्रता दिवशको सो कार्यक्रममा मंग्पू क्षेत्रका भूतपुर्व खेलाडीवर्ग लगायत केही समाज सेवी सज्जनवृन्दलाई सम्झना – सम्वर्धनाको कार्यक्रम समेत समावेश गरिएको जानकारी मंग्पू खेलकूद संघका महासचिव राम पोख्रेलले यस विज्ञप्ति मार्फत दिएका छन् |  
Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.