मृगौला रोगी लिला बहादुर गुरुङलाई सहयोग गर्न आए अघि कालेबुंग नर्सरी स्कूल


MUNGPOO(मंग्पू)९ अगस्त,केशर मोक्तान : दुई वर्ष अघि दुइटै मृगौला रोगले ग्रसित भएर घरमा बसेका मंग्पू  विभागका बिरामी लिला बहादुर गुरुङलाई सहयोग गर्न कालेबुंग नर्सरी स्कूल अघि आए | आइतबार नर्सरी स्कूल संघको पक्षमा बेथानी एकाडमीका प्राचार्य देवकी साधा अनि संघका सचिव एवम बर्ड नर्सरी स्कूलका प्राचार्य बिकाश घलेले बिरामीको स्वास्थ्य उपचारको निम्ति २२ हजार ८ सय सत्तर रुपियाँ प्रदान गरे | संघका ७ वटा स्कूल जे० एन० मेमोरियल पब्लिक स्कूल, पदमातृ एकडमी , बर्ड्स नर्सरी स्कूल, पाइनोर नर्सरी स्कूल, गुडविल नर्सरी,बेथानी एकडमी अनि नर्थ पोइन्ट स्कूलका विद्यार्थीवर्ग अनि अभिभावक माझ उठेको रकम बिरामीलाई दिएको सचिवले बताए | सचिव घलेले यस नर्सरी स्कूल संघ भित्र १६ वटा स्कूल छन् भने अन्य बाँकी स्कूलबाट अर्थ संग्रह गरि फेरि पनि बिरामीलाई सहयोग गर्ने बताए | स्मरण रहोस मंग्पू विभाग मंग्पूका बिरामी गुरुङको दुईवटा मृगौला फेर्न ९ लाख रुपियाँ लाग्ने सी० एम० सी० भेलोरका डाक्टरले बताएका छन् | उनको स्वास्थ्य उपचारको निम्ति मंग्पू जीवन कल्याण संगठन खोलिएको छ भने हाल सम्म उक्त संगठनले १ लाख चालिस हजार भन्दा अधिक अर्थ संग्रह गरेता पनि हप्तामा दुई पल्ट सिलिगुडी उतर बंगाल मेडिकल कलेजमा गई मृगौला डाइलोसिस गर्न परेको अनि हप्तामा १० हजार जत्ति रकम लाग्ने भएकोले संगठनमा भएको अर्थ संग्रह पनि सकिन लागेको जीवन कल्याण संगठनको सदश्य समीर राईले जनाएको छ | बिरामीलाई १६ महिना सम्म डाइलोसिस गरिरहेको उनको परिवारका एक सदश्यले बताएका छन् |
आर्थिक विपन्नताको कारण मृगौला ट्रान्सप्लान्ट गर्न नसकेका बिरामी लिला बहादुरलाई सहयोग गर्न सम्पूर्ण संघ- संस्था, व्यापारीवर्ग र मानवताको आधारमा प्रत्येक व्यक्तिलाई अघि आइदिने जीवन कल्याण संघले अनुरोध गरेका छन् | यसरी नै विरामीलाई उपचारको निम्ति आर्थिक सहयोग गरिदिए वापद संगठनका सदश्य बुद्ध कुमार थापाले कालेबुंग नर्सरी स्कूल संघलाई पनि समितिको पक्षमा आभार प्रकट गरेका छन् | आज नर्सरी स्कूल संघ अघि आई बिरामीलाई सहयोग गर्दैछन् भनि बिरामीलाई सहयोग गर्न विधालय, महाविद्यालय साथै सरकारी तथा गैर सरकारी संस्था पनि अघि आउन आवस्यक छ | बिरामी लिला बहादुर गुरुङले आफुलाई हप्तामा मृगौला डाइलोसिस गर्न बिलम्ब भए शरीरमा ज्यादा दुख्ने कुरो बताउँदै हालमा उनको साथमा धर्म पत्नी मालती गुरुङ अनि दुई छोरी शितल गुरुङ (६ वर्ष ) अनि आशना गुरुङ (३ वर्ष ) लगायत चार जनाको परिवार रहेको बताए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.