MUNGPOO NEWS- मंग्पू सांगीतिक कला एकाई द्वारा सांगीतिक कार्यक्रम अनि साहित्यकार मोहन ठकुरीलाई वधाई कार्यक्रम


MUNGPOO(मंग्पू)१४ अगस्त/केशर मोक्तान : साहित्य,कला र संस्कृतिको जगेरा गर्नुमा मंग्पूको छुट्टै विशेषता छ, यसै विशेषताले आज मंग्पूलाई चिनिन्छ,यसै गरिमालाई कायम राख्दै आज मंग्पू सांगीतिक कला एकाई द्वारा पुराना अजम्बरी गीतहरु ताजा बनाउँदै सांगीतिक साँझ प्रस्तुत गरे | सुरेन्द्र थिंङ  अनि मनोज एकलकाटे द्वारा संचालन गरिएको त्यस संगीतमय साँझमा मंग्पूका साहित्यकार  मोहन ठकुरीले सरस्वती माताको तस्वीरमा दीप जलन गरेपछि कार्यक्रमका अध्यक्ष एवम मंग्पू सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बाले मंग्पू  सांगीतिक कला एकाईको अनावरण गरे | कार्यक्रमको शुरुमा मंग्पूका भजन गायक पदम बराईलीले स्वागत भजन खुबै रोचक ढंगमा प्रस्तुत गरे | मंग्पू  सांगीतिक कला एकाईका कलाकारहरुले १९६० अनि १९८० का दशकका गीतहरु प्रस्तुत गरेर पलेटी कसेर बसेका दर्शकहरुलाई भरमग्दुर सांगीतिक आनन्द दिलाए |
स्थानीय निर्देशक बंगलोमा सम्पन्न भएको सो कार्यक्रममा मंग्पूका गायकहरु क्रमैले राजेन आले,सुरेन पाख्रीन,मणि राई,गोपाल वशिष्ठ अनि सुनिता गुरुङले पुराना गायक भक्तराज आचार्य,गुलाम अली,प्रेम धोज सुब्बा,बच्चु कैलाश,अम्बर गुरुङ,तारा देवी,अरुणा लामालाई स्मरण गर्दै मिठा –मिठा ती पुराना नेपाली गायक- गायिकाहरुको गीत प्रस्तुत गरे | आज धेरै समयको अन्तरालमा मंग्पूमा संगीतमय साँझ गुञ्जियो अनि श्रोताहरुले भुइँमा पलेटी कसेर मिठा-मिठा गीतहरु सुन्ने मौका पाए |
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मोहन ठकुरीले मंग्पू  सांगीतिक कला एकाईका सांगीतिक टोलीलाई शुभकामना व्यक्त गर्दै यस क्षेत्रका सम्पूर्ण कलाकारहरु एक जूट भइ यसरी कार्यक्रम संचालन गरेकोमा आभार साथै खुशी प्रकट गरे | आजको कार्यक्रममा गायकहरुले ६० को दशकका गीतहरु प्रस्तुत गरेर श्रोतावर्गलाई अतितको झझल्को महसुस गराएको प्रमुख अतिथिले बताए |
यसरी नै मंग्पू सांगीतिक कला एकाईका सांगीतिक टोलीले मंग्पूको साहित्यकार मोहन ठकुरीलाई त्रिमुर्ति पुरस्कार प्राप्त गर्ने भएकोमा अग्रिम बधाई टक्राए | अन्तमा सभाध्यक्ष डा० जी० सी० सुब्बाले आजको कार्यक्रममा गायक- गायिकाहरुले पुराना मिठा अनि अजम्बरी गीतहरु प्रस्तुत गरेर आफैमा हर्षको सिमा नरहेको बताउदै समाज निर्माणको निम्ति आज मंग्पू  सांगीतिक कला एकाई अघि आएको छ र यो सानो जमातले कला,साहित्य र संगीतमा भोलि ठुलो जमात ल्याउन सकोस भन्ने कामना पनि गरे |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.