मंग्पू /१४ सेप्टेम्बर/केशर मोक्तान : सिन्कोना बगान श्रमिकहरुको बेसिक पे बढोत्तरी दशैँ अघि नै हुन पर्ने माँग गर्दै दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियन सिन्कोना जोनले हिज राज्यका श्रमिक विभागका मन्त्री पुरेन्दु बोसलाई एक फ्याक्स पठाईसकेको जानकारी दातडुप्ललेयु सिन्कोना जोन सचिव गगन राईले दिएको छ | स्थापना काल देखि नै सिन्कोनाबासी श्रमिकहरुको हक र हितको निम्ति दातडुप्ललेयु लागी परेका छन् | सिन्कोना श्रमिकवर्गको बेसिक पे १९८७ साल देखि हालसम्म २१.६२ पैसा रही आएको छ , युनियनले झट्टै बढोत्तरी हुनपर्छ भन्ने माँग गरेका छन् | पुर्व राज्य सरकारले बेसिक पे बडोत्तरीको स्वीकृति दिई २२ सेप्टेम्बर २०१० मा नै ग्याजेट नोटिफिकेसंन जारी गरेको थियो जो हाल राज्य सरकारको सचिवालय " राइटर्स विल्डिंग श्रमिक मन्त्रालयमा रहेको युनियन सचिव बताउछन | अहिलेको महंगाईलाई मध्यनजर राख्दै श्रमिक बेसिक पे झट्ट बढोत्तरी हुनपर्छ भनि युनियनले हिज श्रमिक विभाग मन्त्री सहित राज्यका हर्टिकल्चर एवम खाद्यप्रकरण मन्त्री अबुहिमा, कालेबुंग अनि खर्सांगका विधायक, लेबर कमिश्नर अनि सिन्कोना एवं अन्य औषधि पौदा निर्देशक समक्ष एक प्रतिलिपि पेश गरेको जान्नमा आएको छ |
बगानमा कार्यरत श्रमिकहरुको हितमा दातडुप्ललेयु ले विभिन्न आधारभूत समस्याहरु लिएर सरकार समक्ष बारम्बार कोलकातामा बैठक गर्दै आइरहेकै छ | युनियनले राज्य सरकार समक्ष सिन्कोना बगानमा अवस्थित तिनै वटा बन्द कुइनाइन इमेटिन,डायोजिन कारखाना झट्टै खोलिनु पर्छ अनि सिन्कोना सेवाकालमा मृत कर्मचारीबर्गको रोजगार विहिन परिवारका सदश्य -सदस्याहरुलाई रोजगारको व्यवस्था गरिदिनुपर्छ भनि सरकार समक्ष माँग गरेको छ | बगान श्रमिक समस्या लिएर १५ दिन अघि कोलकातामा युनियन प्रतिनिधि टोली एवं खर्सांग अनि कालेबुंग विधायक बैठक गरि फर्किसकेको छन् भने उक्त प्रतिनिधि टोलीले बढोत्तरी १५ दिन भित्र हुनपर्छ भनि माँग गरेका थिए भने आज सो १५ दिन पुरा भैसक्दा पनि सरकार पक्षबाट बेसिक पे बढोत्तरी सम्बन्धमा उचित पहल नगरिएको कारण नै दातडुप्ललेयु ले फेरि एक चोटी सरकार समक्ष दशैँ अघि नै सिन्कोना श्रमिकवर्गको बेसिक पे बढोत्तरीको माँग फ्याक्स मार्फत पठाएको छ | यसै समस्यालाई सुल्झाउन सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बा पनि हाल कोलकाता गएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?