डी के वाइबा/कालेबुङ २० सितम्बर; भुँईचालो, पैह्रो जस्तो विनासकारी लीलाहरु संग जुझ्न
के पहाड अनि पहाका मानिसहरु तयार छन ? भन्ने प्रश्नले अहिले सबैलाई सताई रहेको छ ।
गता १८ सितम्बरमा गएको भुँईचालोले झन यो प्रश्नलाई अझ जटील बनाई दिएको छ । प्रत्येक वर्ष
पहाडमा आपत्कालीन अवस्थाहरु आईरहन्छन । प्राकृतिक प्रकोपहरुमा प्रत्येक बर्ष मान्छेहरुले
आफ्नो ज्यान समेत गुमाइरहेको घटना पनि प्रकाशमा आईरहेको छ । आपत्कालिन अवस्थामा मानिसहरु
आफ्नो सुरक्षाको निम्ती सोँच्छन तर यस्ता आपदहरु टरेपछी कसैलाई कुनै पर्वाह समेत हुँदैन
। सरकारी निकायका अधिकारीहरु पनि आपद अवस्थामा मानिसको ज्यान बँचाउने अनेकन परियोजनाहरु
तयार पार्छन अनि समयको गतिसँगै ती कागजी परिकल्पनाहरु कागजमै सिमित बन्दै आईरहेको छ
। शहरमा दिनोदिन बड्दै गईरहेको जनसंख्या अनि बहुतल्ले भवनहरुको निर्माणले पनि शहरवासीलाई
दिनो दिना खत्राको बाटोतिरा डोहोऱ्याई रहेको सचेत मानिसहरु बाताँउछन । हालै भुँईचालोले
मच्चाएको बिनस्कारी लीलाले समेत यस्ता खतराहरु प्रति सङ्केत दिएको छ । मान्छेहरु आफ्नो ईच्छापूर्तिको निम्ति प्रत्येक कार्यहरु गर्न पछि पर्दैनन् । तर ती ईच्छापूर्तिका निम्ति गरिएका कार्यहरु आफैको निम्ति कति घातक हुनसक्छ भन्ने सोँच समेत राख्दैनन् । बहुतल्ले भवनहरु जथाभावी निर्माण गर्छन् अनि घर वरिपरीरहेको झोडा नालाहरु साफ सफाई राख्नुको बिपरीत समान र मैलाको
थुप्रोहरुले पुरिदिन्छन् । बिभागीय अधिकारीबाट नोटिस आउँदा समेत मौन बस्न पछि पर्दैनन् । बरु राजनीति गरेर उल्टो आफ्नै कार्य सही ठहऱ्याउँन समेत पछि पर्दैनन् अनि कुनै आपद आए असुरक्षित रहेको बताउँदै बिभाग प्रतिनै दोष दिन्छन् । यस्तो स्थितिमा पैह्रो र भुँईचालोले ल्याएको बिपदमा मानिसहरुले आफ्नै ज्यान समेत गुमाएको घट्नाहरु समेत प्रकासमा आउँदा समेत मान्छेहरुको चेत
नखोल्नु कसको दोष हुन् ? एउट उत्तर विहीन प्रश्नले सबैलाई झक्झकाई रहेको छ ।
एकातिर जनसाधरणको जति दोष देखिएको छ त्यतिनै दोष बिभागीय पक्षको पनि रहेको छ यस्ता बिपदका घट्नाहरु हुनमा । प्राकृतिक घट्नाहरुको बहनामा मान्छेहरु आफ्नो दोषलाई ढाकछोप गर्न खोजेपनि वास्तवमा प्राकृतिक घट्ना पछि हुने दुर्घटनामा भने आफ्नै दोष छ भन्ने मानिसहरु स्वीकार गर्दैनन् । अवैद्य भवन निर्माण गर्नु , नाला झोडा बन्द गर्नु अनि त्यसपछि प्राकृतिक प्रकोपको बहनामा
घट्ने दुर्घटनाको कारक तत्व के मान्छेहरुनै होइनन् ? भन्ने प्रश्न पनि उत्तिकै टट्कारो रहेको छ । आज पहाडभरीनै बहुतल्ले भवनहरु जथाभावी निर्माण भइरहेको छ । बिभागीय अधिकारीवर्ग पनि भवन वैद्य र अवैद्य रहेको जाँच्न गर्ने फुर्सद नै छैन अनि जव आपत्कालको अवस्था आउँछ तब एकाएक अवैद्य भवन जाँच्न दोड धुप गर्छन् । के यसरी पहाडलाई आपत्कालको अवस्थाबाट बँचाउन सकिएला भन्ने प्रश्न
पनि उत्तिकै टट्कारो र उत्तरविहीन रहेको छ ।
Post a Comment
We love to hear from you! What's on your mind?