गान्धी स्मारक फूटबल खेलाको क्वाटर फाइनल खेल सम्पन्न

सिटोङ/ चन्द्रमान राई  : डी० जी० एन० आर० आई० सी० लोवर सिटोङ द्वारा आयोजन भइरहेको गान्धी स्मारक फूटबल प्रतियोगिताको दोश्रो क्वाटर फाइनल खेल आज सम्पन्न भयो | लोवर सिटोङ
जनमैदानमा सम्पन्न एन० डी० वाई० सी०  सिटोङ जी० सी० पी० बनाम नाली डाँडा मंग्पू माझ सम्पन्न भयो जसमा रोमान्चक खेल प्रदर्शन गर्दै दुई दलका खेलाडीहरुले दर्शकहरुलाई भरपुर्  मनोरन्जन गराए |
निर्धारित खेल समय सम्म २ - १ गोलको व्यावधानमा फलाफल निस्केको थियो | जसमा नाली डाँडा मंग्पू विजयी बनी सेमी फाइनलको निम्ति छनौट भए | लगत्तै पछि भएको दोश्रो खेल पनि बडो रोमान्चक र धुवाधार रह्यो | डी० सी०  सिटोङ बनाम एफ० सी० एल० लाब्दा
माझ सम्पन्न खेल अन्तर्गत खेलाडीवर्गले असल एवम अनुशासनपूर्वक खेल प्रस्तुत गरे | जसमा १ गोल को विरुद्ध ३ गोल ठोकेर लाब्दा एफ० सी० एल० विजय  बन्दै सेमी फाइनलमा प्रवेश गर्यो | उक्त खेलको निर्णायक एल्सन लेप्चा औ फानुस लेप्चा थिए | प्रतियोगिताको फाइनल खेल आगमी गान्धी जयन्तीको दिन हुनेछ भने
सेमी फाइनल खेल आगमी बुधबार सेप्टेम्बरमा सम्पन्न हुनेछ |
Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.