मंग्पू पुलीस द्वारा लावारिस बाइक उद्धार

पहाडको विभिन्न क्षेत्रबाट बाइक तथा गाडीहरु हराएको -चोरी भएको घटना हिज आज साधारण भएर गएको छ | यस्ता चोरीको घटना एवम यस्ता गिरोहहरुको संख्या पहाडी क्षेत्रमा दिनोदिन बढदै गैरहेको छ | यस दिशा तर्फ पुलीस प्रशासनले लगाम लगाउन आवश्यक देखिए पनि हाल सम्म सकिएको छैन | मंग्पू क्षेत्रबाट पनि केही महिना अघि एउटा बोलेरो तथा थुप्रै बाइकहरु हराईसकेका छन्  भने हालैमा फेरि एउटा बाइक हराएको समाचार छ | बाइक चोर्ने समुहमा मंग्पू भित्र कै व्यक्तिहरु पनि संलग्न हुन सक्ने लख काटिन्दैछ | चोरले मध्य राति १२ बजे देखि बिहानको ३ बजे भित्रमा सबै निन्द्रामा परेको बेला चोर्ने गरेको थाहा लागेको छ | यस्तै गरि हिज बिहान मंग्पू  प्रहरी विभागले पी० डब्ल्यु० गेस्ट हाउस माथिबाट रातो पल्सर बाइक बिग्रिएर पी० डब्ल्यु० सडकमा छोडेर गएको हुन सक्ने शंकामा लावारिस बाइक उद्धार गरेको छ | पुलीसले मालिक विहीन बाइक एस० जी० एम० कोर्टमा केश गरिसकेको बताएका छन् | बारम्बार यस क्षेत्रबाट चोरी हुने बाइक अनि गाडी चोर्ने गिरोहलाई ध्यान राख्दै पुलीस प्रशासनले रातिको समय पेट्रोलिंग गर्ने जरुरी देखिन्छ | हालमा मंग्पू  आउट पोस्टमा पुलीस कर्मचारी कम्ति रहेको कारण नै कुनै पनि काम गर्न असुविधा भएको मंग्पू  आउट पोस्ट थाना प्रभारीले बताएका छन् | 
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.