सिन्कोना निर्देशक द्वारा हस्पिटल भवन औ चाम्रा गोदामको उद्घाटन

सिटोंग(चन्द्रमान) : सिन्कोना बगान व्यवस्थापक द्वारा निर्मित लाठ-पंचर  स्वास्थ्य केन्द्र भवन साथै सिटोंग सिन्कोना चाम्रा गोदामको नव निर्मित भवन विधिवत  उद्घाटन गर्न बुधबार सिन्कोना बगान निर्देशक जी० सी० सुब्बा लाठ-पंचर र सिटोंग क्षेत्रमा पुगेका थिए | डा० सुब्बा द्वारा प्रथमत: लठपन्चर स्वास्थ्य केन्द्रको नव निर्मित भवन उद्घाटन गरियो | यस भन्दा अघि सर्व धर्म प्रार्थना सभा पनि राखियो | दिनमा स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मचारी मधुबाला लामाको अकास्मत निधन भएकोमा शोक प्रकट गर्दै मौन धारण गरियो साथै बगान निर्देशकको बहुलीबाट   शोकाकुल परिवारलाइ शोक समवेदना पत्र पनि प्रदान गरियो | यस बीच दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियन लाठ पन्चर  युनिटको पक्षबाट लठ पन्चर अतिथि भवन, स्वास्थ्य केन्द्रमा भान्साघर निर्माण साथै पानीको व्यवस्था गरिनु  आवश्यकतालाइ मूल विषय बनाएर  निदेशकलाई एउटा ज्ञापन चदाईयो | निर्देशकले उचित पहल गरिदिने आश्वासन दिए | यसका साथै निर्देशक द्वारा बगानका विभिन्न उधान स्थलहरुमा गएर निरीक्षण गरे | तिनले  नामथिंग पोखरी परिसरमा एउटा पर्यटन घर निर्माण गरिने कुरा दोहोराउदै जसको निम्ति आवश्यक ठाउँ जमीनको पनि जानकारी लिन स्थलगत निरीक्षण गरे | यस पछि निर्देशकले सिटोंग सिन्कोना बगानको नव निर्मित चाम्रा गोदामको उद्घाटन गरे | उद्घाटन कार्यक्रममा लाठ पन्चर सिन्कोना बगान व्यवस्थापक एन० के० बराइली, सिटोंग सह व्यवस्थापक एम० मुखिया लगायत बगानका श्रमिक -कर्मचारीवर्ग तथा श्रमिक संगठनका कार्यकर्ताहरु उपस्थित थिए |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.