छत्रे सुब्बा लगायत अन्य आठजना बन्दीहरुलाई रिहाईको आदेश-Chatray Subba to be released along with other prisoners

9 सेप्टेम्बर(कालेबुङ):- गोरामुमो सुप्रिमो अनि तत्कालिन दागोपाप अध्यक्ष सुवास घिसिङमाथि प्राणघातक आक्रमण गरेको आरोपमा बिगत एक दशकदेखि बन्दी जीवन बिताइरहेका छत्रे सुब्बालगायत अन्य आठजना बन्दीहरुलाई जलपाईगुडीको फास्ट ट्र्याक कोर्टका जर्जले निर्दोष मान्दै आज रिहाईको आदेश दिएका छन। बिगत 2006देखि सुनवाई चलिरहेको यस मामिलाको आज जलपाईगुडी फास्ट ट्र्याक कोर्टले आफ्नो अन्तिम निर्णय सुनाउँदै 8 जना आरोपीहरुलाई दोषमुक्त गरेको छ।  घिसिङ हमलाकाण्डको सुनवाई गरिरहेको जलपाईगुडी फास्ट ट्राक कोर्टले आज यस मामिलामा आफ्नो अंतिम निर्णय सुनाउने तय भएको थियो। आज यस मामिलामा कोर्टले आफ्नो अंतिम निर्णय दिने कुरालाई केन्द्र गरी बन्दीका परिवारका सदस्य र  क्रामाकपा कार्यकर्ताहरु किशोर प्रधान, अरुण घतानी,संतोष प्रधान आदि जलपाईगुडी कोर्टमा पुगेका थिए। कोर्टको यस निर्णयले बन्दीका परिवार र क्रामाकपा कार्यकर्ताहरुले खुशी ब्यक्त गरेका छन।  बर्ष 2001को फरवरीमा खरसाङको सातघुम्तीमा तत्कालिन दागोपाप प्रमुख सुवास घिसिङमाथि आक्रमण गरेको आरोपमा ज़ीएलओ प्रमुख छत्रे सुब्बालगायत खरसाङका शरण देवान, ,गुञ्जे लामा, कालेबुङका, बिजय छेत्री, किर्नेका श्याम कार्की अनि लोहापूलका कुमार छेत्रीले बिगत एक दशकदेखि जलपाईगुडी जेलमा बन्दी जीवन बिताइ रहेका थिए भने कालेबुङका नोर्देन लामा र खरसाङका मोहन शर्मा जमानतमा बाहिर थिए।।2006देखि सुनवाई शुरु भएको यस मामिलामा 75 जना साक्षीहरुले आफ्नो बयान दिई सकेका थिए।5 बर्षसम्म चलेको सुनवाईको अवधीमा घटनामा मूल साक्ष्य सुवास घिसिङ पनि एकपल्ट जलपाईगुडी कोर्टमा आफ्नो बयान दिन पुगेका थिए। तर उनले आफ्नो बयानमा घटनाबारे आफूले कुनै प्राथमिकी दर्ता नगरेको बयान दिएर सबैलाई चकित पारेका थिए। 11 बर्षदेखि बन्दी जीवन बिताइरहेका यी आरोपीहरुको रिहाईको निम्ति क्रामाकपाले मनवतावादी संगठनहरुसित मिलेर लगातार प्रयास जारी राखेको थियो। 11 बर्षपछि कोर्टले आरोपीहरुलाई दोषमुक्त गरेकोमा क्रामाकपाका युवा नेता अरुण घतानीले यस घटनालाई गणतन्त्र र मानवताको निम्ति लड्ने मानिसहरुको निम्ति प्रेरणा हो भन्ने प्रतिक्रिया जाहेर गरेका छन। उनले आरोपीहरुलाई न्याय दिनमा ढिल्याई भएकोमा असंतोष जाहेर गर्दै न्यायपालिकाको कार्यशैलीमा प्रशस्त सुधारको आवश्यकता रहेको बिचार पबि प्रकट गरेका छन। यता, ढिलै भए पनि आठजना आरोपीहरुलाई कोर्टले निर्दोष मानेर रिहा गरेकोमा उनीहरुका परिवारमा हर्ष र उत्साह सञ्चार भएको छ। 11 बर्षअघि गोर्खाल्याण्ड भन्ने छत्रे सुब्बाले अब के गर्लान भन्ने कुरामा अहिले पहाडवासीहरुको चासो बढेको छ। अहिले पहाडको राजनैतिक परिस्थिति पनि फरक छ अनि उमेरको हिसाबले पनि अब छत्रे सुब्बामा त्यो पुरानो जुझारुपन जोश र उत्साहमा कमी आइ सकेको कुरालाई नकार्न मिल्दैन। यस्तो अवस्थामा उनले अब फेरि अलग राज्यको आन्दोलनलाई नेतृत्व देलान भन्ने सम्भावना कमै देखिन्छ। तर जीटीएसँग असंतुष्टवर्गले छत्रे सुब्बालाई अघि लगाएर नयाँ आन्दोलनको घोषणा गर्ने सक्ने सम्भाव्यतालाई पनि नकार्न मिल्दैन।(कालेबुङबाट प्रदीप लोहागुणको रिपोर्ट)
Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.