Mungpoo(मंग्पू): आज मंग्पू लाठ -पन्चर समष्टि संयोजक तथा गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति संगठानिक सचिव रतन थापाको नेतृत्व तथा मंग्पू जोन गोजमुमो,दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियन शाखा,केन्द्रिय सिन्कोना समितिका सभापति गोपाल रुचाल,सचिव गगन राई,रतन लामा सचिव मंग्पू जोन,खर्सांग महकुमा सह सचिव प्रदीप छेत्री तथा अन्य प्रतिनिधिगण, भूतपूर्व शिक्षक सरस्वती उच्चतर विधालय मंग्पूका के० बी० गिरी आदिको सहयोगमा मंग्पू स्थित दुर्बिन डाँडा परिसर, मंग्पू विभागीय कार्यलय परिसर, हावा घर परिसर मंग्पू विभाग, केन्द्रिय विश्व विधालयको निम्ति अध्यक्ष बिमल गुरुङ गोर्खा जनमुक्ति मोर्चाको निर्देशमा विश्व विधालयका कार्यकारिणी सदश्य तथा आर्किटेक्चर पी० आर० मेहता तथा अन्यान्य सदश्य टोली मंग्पूमा विश्व विधालयको निर्माण हेतु स्थलगत भ्रमण गरे | यसै परिभ्रमणमा श्री पी० आर० मेहता तथा टोलीले कुइलेन कारखाना , रविन्द्र भवन - संग्राहलय अनि मंग्पू जन मैदानको निरिक्षण गरे | उक्त टोलीलाई मंग्पू गोर्खा जनमुक्ति नारी मोर्चाले खादार्पण गरि न्यानो स्वागत तथा अभिनन्दन जनाए | यसै कार्यक्रम अन्तर्गत मंग्पूका बुजुर्गबर्ग श्री मोहन ठकुरी साहित्यकार, एन० बी० छेत्री प्रधान अध्यापक सरस्वती उच्चतर विधालय तथा अन्य विशिष्ट ब्याक्तिहरुले पनि केन्द्रिय विश्व विधालय बारे एउटा आकस्मिक सभामा बिचार पोखे | सभामा उपस्थित महानुभावहरुलाई स्पस्ट अनि सरल ढंगमा विश्व विधालय बारे रतन थापाले जनाए |
Post a Comment
We love to hear from you! What's on your mind?