Thanks to Himalaya darpan For Mungpoo Darpan-मंग्पू दर्पणको निम्ति हिमालय दर्पणलाई धन्याबाद
भारतको पहिलो रंगीन नेपाली गोर्खा दैनिक पत्रिका हिमालय दर्पण ले १० वर्ष पुरा गरि सकेर दार्जीलिंग, कालेबुंग,खर्सांग,सिक्किम,डुवर्स र मिरिक दर्पण पछि अब मंग्पू दर्पण पृष्ठ शुरु गरेकोमा यस पत्रिका प्रकाशक , सम्पादक अनि सम्पूर्ण परिवारलाई साहित्य अकादमी पुरस्कारले सम्मानित मंग्पूका साहित्यकार मोहन ठकुरीले बधाई टकराएका छन् | उनले नेपाली साहित्य क्षेत्रमा हिमालय दर्पणले छुट्टै बिशेषता कायम गर्दै पत्रकारिता क्षेत्रमा ठुलो योगदान पुराएकोमा आभार प्रकट गरे | यस्तै गरि मंग्पूका एक विधालयका शिक्षक दिपक भारतीले आज देखि हिमालय दर्पणको पातामा मंग्पू दर्पण देख्न पाएकोमा दर्पण परिवारलाई कृतज्ञता प्रकट गरेका छन् | पहाडी क्षेत्रमा प्रकृति एवम मानव सम्पदले भरिपूर्ण मंग्पूको आफ्नै बिशेषता छ,इतिहास छ | यस्ता संपादहरुको उचित व्यवस्थापनले नै यो भेकलाई आज शुसज्जित बनाएको छ | निर्माणका क्षमताहरु हामी सितै छन् यसलाई इच्छा शक्ति र मनको आखाँले हेर्न आवश्यक छ | दर्पणले कुइलैन उद्योग भित्र बाहिरका बिषयहरुमा तथ्यपरक रचना अन्वेषणहरुको प्रकाशन अवसर दिएको छ | चेतनाको विकाशमा दर्पणको महत्वपूर्ण भूमिका खेलेकै हो , खेल्ने छ भन्नमा विस्वस्त छु भन्दै अन्त्यमा हिमालय दर्पण परिवार प्रति शिक्षक दिपक भारतीले बधाई टकराएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?